सीपीभीआर २०२१मा ओपोले हात पार्‍यो १२ अवार्ड

सीपीभीआर २०२१मा ओपोले हात पार्‍यो १२ अवार्ड
+
-

काठमाडौँ – स्मार्टफोन ओपोले प्रिमियर एन्यूअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निसन कन्फरेन्स (सीपीभीआर) ०२१मा सहभागिता जनाएको छ।

सम्मेलनमार्फत ७ प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्‍याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको थियो।

जसअन्तर्गत कम्पनीले प्रदर्शित गरेका औद्योगिक क्षेत्रकै अग्रणी प्राविधिक क्षमता र एआई क्षेत्रमा हात पारेका उल्लेखनीय नवप्रवर्तनका लागि एक पहिलो स्थान, सात वटा दोस्रो र चार तेस्रो अवार्ड प्रदान गरिएका छन्।

सीपीभीआर २०२१ प्रतियोगितामा सहभागिता जनाएको समूहमा इन्टेलिजेन्ट पर्सेप्सन एण्ड ईन्टरएक्सन डिपार्टमेन्ट र ओपो यूएस रिसर्च सेन्टर अफ ओपो रिचर्स इन्स्टिच्युटका सदस्यहरू सम्मिलित थिए।

अनुकूलन र एआई एल्गोरिथमको प्रशिक्षणमार्फत ओपोको एआई क्षमता र जनतालाई अझ सटिक सेवा दिने आफ्नो एआई प्रविधिको क्षमता विस्तारका लागि यो समूह कार्यरत छ।

ओपोका चिफ साइन्टिस्ट, इन्टेलिजेन्ट पर्सेप्सन, एरिक गुओले भने, ‘यस वर्षको सीपीभीआर प्रतियोगितामा पनि यस्तो उल्लेखनीय नतिजा पाउँदा हामी निकै हर्षित छौँ।

हामीले पहिलो पटक सीपीभीआर २०२०मा सहभागिता जनाउँदा पर्सेप्चुअल एक्स्ट्रिम सुपर रिजोल्युसन च्यालेन्जमा धमिला तस्बिरलाई सार्प बनाउन सघाउने प्रविधि र फ्युजन पोजिसनिङलाई अझ सटीक बनाउन सघाउने भिज्युअल लोकलाइजेसन फर ह्यान्डहेल्ड डिभाइसेज च्यालेन्ज प्रदर्शित गरेबापत पहिलो स्थान हात पारेका थियौँ।

यस वर्ष ओपोले जितेका मल्टि एजेन्ट बिहेभियोर, एभीए—काइनेटिक्स र बहुसंख्यक टुडी तस्बिरहरूबाट थ्रिडी फेस रिकन्स्ट्रक्सन, फेसियल डिटेक्सनलगायत क्षेत्रअन्तर्गत पर्छन्।’

‘यी प्रविधिको प्रयोग गरी घर निर्माण, अफिस, फोटोग्राफी, हेल्थ एन्ड मोबिलिटीलगायत क्षेत्रमा गर्न सकिन्छ’, गुओले थपे, ‘ओपोमा हामी एआईले मानिसलाई बुद्धिमतापूर्वक सहज अनुभूति प्रदान गराउन प्रतिबद्ध छौैँ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?