ओलीले डाकेको ‘केन्द्रीय’ कमिटी बैठकमा नेपाल खेमा सामेल नहुने

ओलीले डाकेको ‘केन्द्रीय’ कमिटी बैठकमा नेपाल खेमा सामेल नहुने
+
-

काठमाडौँ– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको भोलि शुक्रबारको ‘केन्द्रीय’ कमिटी बैठकमा बिद्रोही माधवकुमार नेपाल खेमा सहभागी नहुने भएको छ।

यो खेमाको बिहीबार बसेको स्थायी कमिटी बैठकले ओलीले भोलि डाकेको बैठक एकताका लागि नभई बिखण्डनका लागि भएको भन्दै उक्त बैठकमा सामेल नहुने निर्णय गरेको हो।

स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘बुधबार बालुवाटारमा भएको बैठक अवैध हो। अवैध बैठकले डाकेको बैठकमा हामी सहभागी हुन्नौँ। यो एकताका लागि आह्वान गरिएको बैठक होइन भन्ने हाम्रो निष्कर्ष हो।’

यस्तै आफूहरुसँग सरसल्लाह नगरी आह्वान गरिएको बैठकमा नजाने निष्कर्षमा आफूहरु पुगेको उनले बताए। उनले भने, ‘ हामीले एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी बैठकको माग गरेका छौँ। सोही बैठकबाट आवश्यक निर्णयहरु गर्न सकिन्छ। जबसम्म हाम्रो माग पूरा हुन्न तबसम्म अवैध कमिटी बैठकमा सामेल हुने कुरा हुन्न।’

उनले ओली पक्षले साँच्चै एकता चाहन्छ भने यसअघि गठन गरिएको कार्यदल ब्यूँताउनु पर्ने र त्यसैको माध्यमबाट वार्ता गरी सहमति गर्नुपर्ने निष्कर्ष आफूहरुको भएको बताए। नेपाल पक्षको स्थायी कमिटी बैठकलगत्तै नेपाल पक्षका केही नेताहरु ओली पक्षका नेताहरुलाई आफूहरुको अडान सुनाउन होटल समिटमा गएका छन्।

ओली पक्षले बुधबार आफूले गठन गरेको १० औँ महाधिवेशन आयोजक कमिटी भंग गर्दै त्यसलाई केन्द्रीय कमिटीमा रुपन्तारण गरेको थियो। बैठकमा नेपाल खेमाको मागबिपरीत २३ जना माओवादी पृष्ठभूमिका नेताहरुसहितको कमिटीलाई केन्द्रीय कमिटीको नाम दिइएको थियो।

त्यसँगै यसअघि ओलीले हटाएका नेपाल खेमाका नेताहरुको पार्टी पधादाधिकारीको जिम्मेवारी यथावत रहेको निष्कर्ष पनि बालुवाटारको बैठकले निकालेको थियो। साथै नेपालसहित ११ जना नेताहरुमाथि गरेको कारवाही पनि निष्प्रभावी भएको उसको निर्णय थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?