माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई ५ लाख र ४ डेब्युटेन्टहरुलाई जनही १ लाख हस्तान्तरण

माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई  ५ लाख र ४ डेब्युटेन्टहरुलाई जनही १ लाख हस्तान्तरण
+
-
काठमाडौँ– वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न भएको  त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई बिहीबार एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचरले प्रोत्साहन र सम्मानस्वरुप नेपाली क्रिकेट टोलीलाई ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही १ लाख प्रदान गरेको छ।
प्रतियोगिताको फाइनलमा घोषणा गरिएको सो पुरस्कार निषेधाज्ञाका कारण बुधबार मात्र हस्तान्तरण गरिएको हो ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, कीर्तिपुरमा आयोजित उक्त प्रतिस्पर्धात्मक सिरिजमा मलेसिया र नेदरल्यान्डस्लाई पराजित गर्दै नेपाल सिरिजको शीर्ष स्थान हासिल गर्न सफल भएको थियो । जुलाईमा स्पेनमा आयोजना हुन गइरहेको विश्वकप लिग टु मा नेपालले दोस्रो शृंखलामा स्कटल्यान्ड र नामिबियाको सामना गर्नेछ ।
समारोहबीच नेपालका सर्वोत्कृष्ट खेलाडी ज्ञानेन्द्र मल्लले नेपालको उत्कृष्ट प्रदर्शनमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि नेपालको प्रदर्शन विशिष्ट र सन्तोषजनक रहने दाबी गरेका थिए।
समारोहबीच इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकीले भने, ‘ट्राई नेसन सिरिजमा नेपालको उत्कृष्ट प्रदर्शन देख्दा निकै गर्वशाली महसुस भएको छ।’
नेपाली क्रिकेट टोलीको खेलको स्तरोन्नति र खेलाडीको आत्मविश्वास देख्दा अन्तर्राष्ट्रिय खेलकुद जगत्‌मा नेपाल चाडैँ फस्टाउने कुरामा निकै आशावादी रहेको उनले बताए।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?