अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने

अप्राविधिक प्रशिक्षार्थीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तालिम दिइने
+
-

काठमाडौँ – आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्युजमेसिन इन्क. ले AI2Go तालिम कार्यशालाको आयोजना गर्ने घोषणा गरेको छ। एआईसम्बन्धी समग्र विषयलाई समेटेर तयार गरिएको यो अनलाइन तालिम कार्यक्रम लगातार चार सातासम्म चल्नेछ।

कम्प्युटर विज्ञान वा यससम्बन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेसाकर्मी तथा कम्प्युटरमा काम गरिरहेका तर एआईसम्बन्धी पुष्ठभूमि नभएका सहभागीहरू यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्नेछन्।

यस तालिम कार्यक्रमको मुख्य लक्ष्य भनेको सहभागीलाई एआईबारे आधारभूत ज्ञान सीपयुक्त बनाउनु र उनीहरूले काम गरिरहेको पेसागत क्षेत्रमा एआई तथा मेसिन लर्निङबारे सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरूको क्षमता अभिवृद्धि गर्नु रहेको छ।

यस तालिम कार्यक्रममा आठ वटा प्रत्यक्ष अनलाइन सत्र समावेश गरिएको छ। ती सत्रको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापक र कम्प्युटर वैज्ञानिकले गेस्ट लेक्चरका रूपमा कक्षा लिनेछन् भने प्रोग्रामिङसम्बन्धी प्रयोगात्मक कक्षा पनि सञ्चालन गरिनेछ।

यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधाअनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र सहभागीले प्रशिक्षणका विषयसित सम्बन्धित अतिरिक्त अध्ययन सामग्री तालिम अवधिभित्र आफूलाई अनुकूल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्नेछन्।

सहभागी प्रशिक्षार्थीले AI2Go तालिम कार्यशालाको अन्त्यमा मेसिन लर्निङ, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिप लर्निड., क्लासिफिकेसन रिग्रेसन, मेसिन लर्निङ वर्कफ्लोसम्बन्धी समग्र जानकारी, डाटासेट एआई मोडल सिर्जना, कम्प्युटर भिजन, नेचरल ल्याड्ग्वेज प्रोसेसिङ र एमएलमोडेल  निर्माणका लागि आवश्यक पर्ने पाइथनसम्बन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष्य लिइएको छ।

फ्युजमेसिनका वरिष्ठ एआई अनुसन्धानकर्ता बुलान्त उयानाइकरले भने, ‘एआईप्रतिको बढ्दो सचेतनता र डिजिटल रुपान्तरणको युगमा प्रवेश गर्न सामूहिक आतुरताका बाबजुद पनि यस विषयसित सम्बन्धित ज्ञान र अनुभव भएका सक्षम व्यक्तिको अभाव गम्भीर रूपमै खट्किरहेको छ।’

फ्युजमेसिनका सीईओ समीर मास्केले देशका हरेक भागमा बस्ने व्यक्तिका लागि उच्च गुणस्तरको एआई शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले दुई वर्षअघि ‘नेपालका लागि ए.आई.शिक्षा कार्यक्रम’ सञ्चालन गरेको जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?