नेपाल खेमाले भाग नलिने घोषणा गरे पनि ओलीले राेकेनन् ‘केन्द्रीय’ कमिटी बैठक

नेपाल खेमाले भाग नलिने घोषणा गरे पनि ओलीले राेकेनन् ‘केन्द्रीय’ कमिटी बैठक
+
-

काठमाडौँ- नेकपा एमाले विद्रोही पक्षले आफू सामेल नहुने र बैठक स्थगित गर्न आग्रह गरे पनि अध्यक्ष केपी शर्मा ओली पक्षले शुक्रबार ११ बजे केन्द्रीय कमिटी बैठक सुरु हुने बताएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव एवं ओली निकट पूर्वमन्त्री शेरबहादुर तामाङले माधवकुमार नेपाल पक्षले सामेल हुन्न भने पनि पूर्वनिर्धारित समयमा केन्द्रीय कमिटी बैठक हुने बताए।

उनले भने,‘ पार्टी एकताका लागि हामीले सबै किसिमको प्रयास र लचकता प्रदर्शन गरिसकेको अवस्था छ। आज अध्यक्षले आह्वान गरेको केन्द्रीय कमिटी बैठक हो। उहाँहरु सबैलाई निम्तो पनि छ। यदि उहाँहरु आउनु भएन भने पनि बैठक पूर्वनिधारित समयमा हुन्छ। यसमा कुनै पनि अन्यौल छैन।’

तामाङका अनुसार बिहीबार अध्यक्ष ओलीले आजको बैठकमा भाग लिन नेपाललाई टेलिफोनबाट निम्तो दिएका थिए। तर नेपालले भने ओलीलाई आजको बैठक स्थगित गर्न आग्रह गरेको बुझिएको छ।

ओली र नेपालबीच शुक्रबार बिहान एक्लाएक्लै वार्ता हुने सम्भावना रहेको पार्टी एकताका लागि सक्रिय भएका दुवै पक्षका नेताहरुले दाबी गरे पनि उनीहरुबीच वार्ता नभई बैठक नै सुरु हुन लागेको हो।

तामाङले भने,‘ आजको बैठक पार्टी जीवनमै केन्द्रीत हुन्छ। एकता प्रयासबारे नै छलफल हुन्छ।’

आजको बैठकमा भाग नलिए नेपाल पक्षलाई फेरि कारवाही हुन्छ? भन्ने प्रश्नमा तामाङले थपे,‘ हामी एकताको पक्षमा छौँ। अब कारवाहीको पक्षमा छैनौँ।’

नेपाल पक्षले बिहीबार स्थायी कमिटी बैठकबाट आजको बैठक अवैध भएको निष्कर्ष निकाल्दै यसमा भाग नलिने निर्णय गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?