शेरबहादुरलाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन ओलीको नेपाल पक्षलाई २ दिने अल्टिमेटम, आउनेजाने नगर्न बामदेवलाई अनुरोध

शेरबहादुरलाई प्रधानमन्त्री बनाउने हस्ताक्षर फिर्ता लिन ओलीको नेपाल पक्षलाई २ दिने अल्टिमेटम, आउनेजाने नगर्न बामदेवलाई अनुरोध
+
-

काठमाडौं– नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन बिद्रोही पक्षलाई दुई दिने अल्टिमेटम दिएका छन्।

बालुवाटारमा बसेको उनी पक्षीय पार्टीको केन्द्रीय कमिटी बैठकमा उनले २ दिनको समयसीमा दिएर हस्ताक्षर फिर्ताका लागि निर्देशन दिएका हुन्।

पार्टीको बिद्रोही पक्षका २३ जना सांसदहरुले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए। त्योसँगै उनीहरुले ओलीले विघटन गरेको संसद पुनर्स्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा पनि हस्ताक्षर गरेका छन्।

ओलीले बैठकमा भनेका छन्, ‘एमालेको नेता हो भन्ने अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टी हित हुने कार्य सह्य हुँदैन।’

नेपाल खेमाले हस्ताक्षर फिर्ता नलिए एकता नहुने उनले घोषणा गरेका छन्। उनले विपक्षीलाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट नभएको उनले चेतावनी दिए। उनले यो कुरा किमार्थ स्वीकार्य नहुने उनको भनाई छ। हस्ताक्षर फिर्ता नलिनु पार्टी फुटको घोषणा भएको उनको चेतावनी छ।

उनले आफू पार्टी एकता जोगाउन अधिकतम लचिलो हुन तयार भएको पनि बताए। तर उनले भने, ‘याद रहोस् हाम्रो आन्दोलन मजबुत छ। बाहिरी र भित्री आक्रमण प्रतिरोध गरेर सशक्त ढंगले अगाडि बढ्छ।’

यो सँगै उनले एकता जोगाउन आफूले बोलाएको बैठकमा बामदेव गौतम आएको भन्दै उनको प्रशंसा गरेका छन्। उनले भने,‘ उहाँ (बामदेव) बैठकमा आउनु भएको छ । स्वागत छ। अन्य कमरेडहरुलाई पनि भोलिको बैठकमा सहभागी हुन आग्रह छ।’

उनले गौतमलाई आउने अनि जाने क्रम जारी नराखी यता आएको आयै गर्न अनुरोधसमेत गरेका थिए। यो सँगै भोलिबाट कोरोनाविरुद्धको खोप आउने जानकारी पनि ओली बैठकमा गराएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?