युनाइटेड सिमेन्ट्सले पायो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र

युनाइटेड सिमेन्ट्सले पायो ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र
+
-

काठमाडौँ – युनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरेको छ।

५३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको छ।

५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त ठहरिएको सिमेन्ट हो।

नेपालमा मात्र नभई विदेशका ठुल्ठूला संरचनामा पनि यो ग्रेडको सिमेन्ट प्रयोग हुँदै आएको छ।

पारिवारिक घर निर्माणसहित गगन चुम्बी महलदेखि, हाइड्रो पावर ड्याम, टनेल, विशाल पुल, राष्ट्रिय गौरवका आयोजना, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने कम्पनीले दाबी गरेको छ।

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ।

५३ ग्रेडको गुणस्तर प्रमाण पत्र प्राप्त गरे संगै आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने उद्योगले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?