
काठमाडौँ – क्यानाडा पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ लिई फरार भएका युवक पक्राउ परेका छन्।
काभ्रेपलाञ्चोक पाँचखाल वडा नम्बर ४ तामाघाटका २१ वर्षीय प्रजिन अधिकारीले सर्लाही लालबन्दी–७ रानीगञ्जकी ३० वर्षीय यमुना बस्नेतसँग वर्किङ भिसामा क्यानाडा पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए।
अधिकारीलाई प्रहरीले बिहीबार काभ्रेपलाञ्चोक बनेपास्थित दाहालगाउँबाट पक्राउ गरेको हो।
साथै, अधिकारीले अन्य व्यक्तिलाई पनि वर्किङ भिसामा क्यानाडालगायत मुलुकमा पठाइदिन्छु भनी झुक्काई करिब १ करोड ५० लाख भन्दा बढी रुपैँया रकम ठगी गरेको खुलेको छ।
साथै अधिकारीलाई थप अनुसन्धानको लागि महानगरिय प्रहरी परिसर काठमाडौँ ल्याइएको छ।