एमाले एकतामा पूर्णविराम लाग्ने संकेत, आ–आफ्नै अडानसहित समिटबाट उठे नेताहरु, बालुवाटारमा बैठक सुरु

एमाले एकतामा पूर्णविराम लाग्ने संकेत, आ–आफ्नै अडानसहित समिटबाट उठे नेताहरु, बालुवाटारमा बैठक सुरु
+
-

काठमाडौँ- माओवादी पृष्ठभूमिका नेताहरुबिना केन्द्रीय कमिटी ब्यूँताउनु पर्ने वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको अडानलाई अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेसँगै नेकपा एमाले एकतामा पूर्णविराम लाग्ने स्पष्ट संकेत देखिएको छ।

शनिबार ललितपुरस्थित होटल समिटमा ओली र नेपाल पक्षका नेताहरुबीच भएको वार्ता र त्यसपछि ओली र नेपालबीच भएको टेलिफोन वार्तामा दुवै पक्ष आआफ्नो अडानबाट पछि हटेनन्।

यसबाट अब एमाले एकता टाढिँदै गएको दुवै पक्षका नेताहरुले बताएका छन्। होटल समिटमा भएको वार्तामा ओलीले आफ्ना दूतहरुमार्फत नेपाल पक्षका नेताहरुलाई पूर्वमाओवादी बिना केन्द्रीय कमिटी ब्यूँताउन नसक्ने अडानसहितको सन्देश पठाएका थिए। नेपाल पक्षका नेताहरुले पनि माअ‍ोवादी पृष्ठभूमिका नेताहरुबिना २ जेठ २०७५ को केन्द्रीय कमिटी ब्यूँताउनु पर्ने र आवश्यक निर्णयहरु त्यसैबाट लिनुपर्ने अडान त्यागेनन्।

वार्तामा सामेल नेपाल पक्षका नेताले भने, ‘हामीले एकता नजिक छ, तत्काल निर्धारित बैठकहरु स्थगित गर्नुहोस्। २ जेठको केन्द्रीय कमिटी ब्यूँताउनुहोस् भन्ने अनुरोध गरेका थियौँ। तर माओवादीसहितको कमिटीलाई स्वीकार गर्नुपर्ने अडानमा अध्यक्ष ओली रहेको सुनाउनु भयो। अब वार्ताका लागि कहिले बस्ने भन्ने टुंगो नलागि उठियो। संकेत राम्रो छैन। तर पनि एकता आवश्यकता हो भन्नेमा दुवै पक्षको मत एक छ।’

योसँगै ओलीले शुक्रबार निर्देशन दिएअनुसार आइतबारसम्म नेपाल पक्षले विपक्षी नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरिएको हस्ताक्षर फिर्ता नलिने भएका छन्।

ती नेताले भने, ‘हस्ताक्षर फिर्ता असम्भव छ। हाम्रो त्यो राजनीतिक एजेण्डा हो। त्यसबाट हामी हलचल हुने सम्भावना छैन।’

आफ्नो अल्टिमेटम अनुसार नेपाल खेमाका सदस्यहरुले हस्ताक्षर फिर्ता नलिए ओलीले उनीहरुलाई पुनः पार्टीबाट निकाल्ने निर्णय गर्ने सम्भावना छ।

वार्तामा सामेल ओली खेमाका एक नेताले भने, ‘हामी पार्टी एकताकै पक्षमा छौँ। अधिकतम् लचकता अपनाइसकेका छौँ। अब पनि उहाँहरु (नेपाल खेमा)ले हाम्रा निर्णय स्वीकार्नु भएन र निर्देशनको पालना गर्नु भएन भने विधान अनुसार निर्णय त हुने नै छ।’

नेपाल खेमाले शुक्रबार निर्धारित माओवादी पृष्ठभूमिका नेताहरुसहितको केन्द्रीय कमिटी बैठक स्थगित गर्न ओलीलाई आग्रह गरेको थियो। तर त्यसलाई बेवास्ता गर्दै ओलीले बैठक गरेका थिए।

होटल समिटमा शनिबार पनि नेपाल खेमाका नेताहरुले एकता संघारमा रहेकाले बैठकहरु स्थगित गर्न गरेको आग्रह ओलीले अस्वीकार गरेका छन्।
बालुवाटारमा केहीबेर अघि ओली पक्षीय केन्द्रीय कमिटी बैठक सुरु भएको छ। शनिबारको बैठकमा महाधिवेशनको समय फेरि तोक्ने र विधान संशोधनका लागि सम्मेलनको निधो गर्ने तयारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?