शिवम् सिमेन्टद्वारा एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्ट उत्पादन

शिवम् सिमेन्टद्वारा एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्ट उत्पादन
+
-

काठमाडौँ– गुणस्तर तथा नापतौल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ।

शिवम् यसअघि ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो। ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम् सर्वोत्कृष्ट ओपिसी सिमेन्ट उत्पादनका साथै बिक्री–वितरण गर्ने तथा एनएस क्वालिटी अवार्ड–२०१९ बाट पुरस्कृत नेपालकै पहिलो सिमेन्ट कम्पनी बन्न सफल भएको छ।

ओपिसी सिमेन्ट मात्रै उत्पादन गर्दै आएको शिवम् सिमेन्टले निरन्तर गुणस्तरीय उत्पादनकै कारण सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ बाट सम्मानित भएको थियो।

शिवम्‌ले गुणस्तरीय उत्पादनकै प्रतिफलस्वरूप फेरि एनएस–५७२ को अनुमति तथा मान्यता प्राप्त गरी ५३ ग्रेड तथा ४३ ग्रेडको सिमेन्ट उत्पादन अनुमतिसँगै आफ्नो निरन्तरको गुणस्तरीय उत्पादनलाई प्रमाणित गरेको बताएको छ।

नेपालमा एनएस ४९ को मापदण्डअनुरूप उत्पादन तथा बिक्री वितरणको मान्यता दिँदै आएको गुणस्तर तथा नापतौल विभागले सिमेन्टको उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले एनएस–५७२ को अवधारणासहित ग्रेडिङ सिस्टमबाट सिमेन्टको गुणस्तर मापन कार्य अगाडि बढाएको कम्पनीले जनाएको छ।

अब कुनै पनि सिमेन्ट कम्पनीले ५३ ग्रेड अथवा ४३ ग्रेडको सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्न एनएस–५७२ प्रमाणीकरण गर्नु अनिवार्य छ।

यसका लागि नेपाल गुणस्तर तथा नापतौल विभागले विभिन्न तह–तहमा चुनढुंगा, कच्चापदार्थ, उत्पादन प्रक्रिया, उत्पादित क्लिंकर र सिमेन्टको लामो समयसम्म परीक्षण गरी एनएस–५७२ बमोजिमको गुणस्तर कायम भएको ल्याब परीक्षण समेतका आधारमा गुणस्तर चेक गरी प्रमाणीकरण गर्ने प्रक्रिया छ।

सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगो प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथा शिवम प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?