बिमितले गरे निर्जीवन बिमा कम्पनीसँग मागदाबी

बिमितले गरे निर्जीवन बिमा कम्पनीसँग मागदाबी
+
-

काठमाडौँ– बिमितले २० वटै निर्जीवन बिमा कम्पनीसँग गरी एक अर्ब ९२ करोड ३ लाख ४८ हजार बिमा मागदाबी गरेका छन्।

हलैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी तथा पहिरोबाट भएको भौतिक क्षतिबापत निर्जीवन बिमा कम्पनीमा एक अर्ब ९२ करोड ३ लाख ४८ हजार रुपैयाँ बिमा मागदाबी परेको बिमा समितिले बिहीबार जानकारी दिएको हो।

बिमा कम्पनीबाट संकलित तथ्यांकअनुसार अविरल वर्षा सुरु भएदेखि असार २३ गतेसम्म सम्पत्ति बिमा, मोटर बिमा, कृषि तथा पशुपक्षी बिमा, इन्जिनियरिङ बिमा र विविध बिमाअन्तर्गत बिमितबाट ३३१ वटा बिमाको दाबी परेको हो।

जसमध्ये १४१ सम्पत्ति बिमा मागदाबीको ६९ करोड ३६ लाख ४६ हजार, ३३ वटा मोटर बिमाको ४ करोड ७५ लाख ८७ हजार, ५ वटा सामुद्रिक बिमाको १९ लाख ८१ हजार, ६ वटा कृषि बिमाको एक करोड ६२ लाख ५१ हजार, ५ वटा पशुपक्षी बिमाको दुई करोड ३८ लाख ५९ हजार र बिमितर्फ २ वटा बिमाको एक करोड ५५ लाख ५१ हजार रुपैयाँ निर्जीवन बिमा मागदाबी परेको समितिले जनाएको छ।

समितिका अनुसार इन्जिनियरिङ बिमातर्फ बाढी–पहिरोबाट क्षति भएका १०७ वटा निर्माणाधीन आयोजना बिमाको मागदाबी ९० करोड सात लाख ३४ हजार, ८ वटा निर्माण सम्पन्न आयोजना बिमाको ११ करोड ७० लाख, १८ वटा हेबी इक्विपमेन्ट बिमाको ८ करोड ८४ लाख ३६ हजार र अन्य ६ वटा बिमाको एक करोड ५३ लाख तीन हजार रुपैयाँको बिमा दाबी परेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?