
काठमाडौँ– स्मार्ट फोन रियलमी ७ र सी १२ को मूल्य घटेको छ। संसारमा तीव्र गतिमा बजार विस्तार गरिरहेको रियलमीले शनिबारदेखि नेपालमा रियलमी ७ र सी १२ दुईवटा ब्राण्डको मूल्य घटाएको हो।
चुनौतीदेखि उन्नतिसम्म नारासहितको ब्रान्डको विश्वास र उन्नत प्रविधिको लोकप्रियताका साथ रियलमी ७ ले अग्रगामी प्रदर्शनी, क्षमतावान क्यामेरा र अल्ट्रास्मूथ डिस्प्लेका साथ अलराउन्डर बनाउने कम्पनीले उल्लेख गरेको छ।
अर्कोतर्फ रियलमी सी १२ मोबाइल फोन प्रयोगकर्ताका लागि उत्तम विकल्प हो, जसको अन्वेषणबिना कुनै ब्याट्री झन्झट युवा प्रयोगकर्ताले मनोरञ्जन गर्न सक्ने गरी निर्माण भएको छ।
रियलमी सी १२ – ६००० एमएएच मेगा ब्याट्री
रियलमी सी १२ ले मेगा ६००० एमएच ब्याट्रीसहित उपलब्ध छ, जसले मोबाइलको प्रयोगलाई महत्वपूर्ण ढंगले अघि बढाउन मद्दत गर्दछ।
टिकाउ ब्याट्रीले मोबाइल फोनप्रति युवालाई आकर्षित गर्छ र प्रयोगलाई उत्कृष्ट बनाउन मद्दत गर्छ। रियलमी सी १२ यही आधारमा निर्माण भएकाले एकपटकको चार्जमा ६० घण्टाभन्दा बढी निरन्तरको स्पाटिफाई प्लेब्याक, २८ घण्टासम्म निरन्तर युट्युब र स्ट्यान्डबाई ५७ दिनसम्म रहन्छ।
यसका अतिरिक्त रियलमीले सफ्टवेयरलाई अनुकूलित गर्नमा ध्यान दिएको छ जसकारण ब्याट्री अझै बढी टिक्न सहयोग गर्छ।
रियलमी सी १२ मिनी ड्रप डिजाइन समाहित अल्ट्रा लार्ज ६.५ इन्च एलसीडी स्क्रिनमा छ, जसले गर्दा फोटो तथा भिडियोको बेग्लै अनुभूति प्रदान गर्छ।
यसको स्क्रिनदेखि बडीको अनुपात ८८.७ प्रतिशत छ। स्मार्टफोनका लागि प्रदर्शन र अनुभूति दुवै हिसाबले महत्वपूर्ण भूमिका खेल्छ। रियलमी १२ तीव्र प्रदर्शनीको हुनुका साथै यसको ट्रेन्डसेटिङ रियलमी यूआईसँग सुसज्जित छ, जुन विशेषगरी युवालाई ध्यानमा राखेर निर्माण गरिएकामा युवाले देख्ने स्मार्टफोनको छनोट र आदतअनुरुप छ। हेलियो जी३५ एट कोर प्रोसेसरले सुसज्जित यसको मूल फ्रिक्वेन्सी २.३ गेजाहर्ज छ जसले सधैँ एकै सारमा काम गर्छ।
पछाडि तीन क्यामेरा भएकाले जुनै पनि बखतमा फोटो खिच्न सकिन्छ। यसमा उत्कृष्ट क्यामेरा र प्रदर्शन सुविधाका साथ अद्वितीय डिजाइन रहेको छ।
रियलमी ७ – शार्प क्याप्चर, तीव्र चार्जिङ
फोटोग्राफी आजका दिनमा सबैका लागि उत्तिकै महत्वपूर्ण र प्रमुख आकर्षण रहेको छ र रियलमी ७ उत्कृष्ट सोनी ६४ एमपी वाईद् एंगलको क्वाड क्यामेरासहित उपलब्ध छ।
उच्च सेन्सर साइजद्वारा नेतृत्व गरिरहेको उद्योगले रियलमी ७ मुख्य लेन्स ६५ एमपीको उच्च रेजुलेसनका साथ ल्याएको छ जसमा सूक्ष्म र गहिरो सेन्सर उपलब्ध छ।
ठूलो ब्याट्री क्षमताले गर्दा ब्याट्री चार्ज सकिने तनावको समस्या समाधान गर्न सक्छ र ५००० एमएएच ब्याट्री रहेको रियलमी ७ ले उत्कृष्ट ब्याट्री अनुभूति प्रदान गरेको छ।
यसको अझ राम्रो विशेषता के हो भने ३० वाट डर्ट चार्जिङले २६ मिनेटमा ५० प्रतिशत चार्जिङ गर्न सक्छ। यो ब्याट्री र चार्जिङ क्षमता हेलियो जी ९५ गेमिङ प्रोसेसरद्वारा सञ्चालित रहेकामा जसको अक्टा कोर एसओसी बेन्चमार्क एनटुटुमा ३० हजार छ।
मूल्य घटेपछि अब रियलमी ७ को मूल्य ३२,९९० मात्र निर्धारण गरिएको छ जसमा ८ जीबी आरएएम र १२८ जीबी स्टोरेज छ।
यसैगरी, रियलमी सी १२ अब केबल १४,९९० मात्र मा पाइनेछ भने यसमा ३ जीबी आरएएम तथा ३२ जीबी स्टोरेज छ। रियलमी नेपालका सयभन्दा बढी आउटलेटमा उपलब्ध छ।