सर्वोच्चको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन (तस्बिरसहित)

सर्वोच्चको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन (तस्बिरसहित)
+
-

बुटवल– सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा दीप प्रज्वलन गरिएको छ। सर्वोच्चले ओलीको निरङ्कुशतालाई परास्त गरेको भन्दै बुटवलमा विपक्ष दलहरुले दीप प्रज्वलन गरेका हुन्।

बुटवलको ट्राफिक चोकमा जम्मा भएका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपाका नेता कार्यकर्ताहरुले सर्वोच्चको फैसलालाई स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन्।

दीप प्रज्वलन कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य कुलप्रसाद केसीले प्रतिगमनको टाउको फोरिए पनि अझै ढाड भाँच्न बाँकी रहेको बताए। केपी प्रवृत्ति कति धेरै घातक रहेछ भन्ने स्पष्ट भइसकेकोले केपी ओली अब बढारिने उनले बताए। पाँच वर्षसम्म गठबन्धन मिलेर जानेसमेत उनको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली चौधरीले संविधान र प्रजातन्त्र सर्वोच्चले बचाएको र ओलीको निरङ्कुशतालाई परास्त गरेको बताए।

विपक्षी गठबन्धनलाई अझै जिम्मेवारी बढी भएको भन्दै सहमतिबाट अघि बढ्नु पर्ने बेला आएको उनले बताए। स्थानीय तहदेखि संघसम्म ओली प्रवृत्तिको अन्त्य हुने र त्यसका लागि सामान्य विषयमा गठबन्धनलाई कसैले पनि कमजोर बनाउन नहुने उनको भनाइ छ।

जसपा लुम्बिनी प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले केपी ओलीको प्रतिगमन सर्वोच्चबाट परास्त गरेको भन्दै अब केही हदसम्म संविधानको रक्षा भएको बताए। उनले सर्वोच्च अदालतको निर्णयअनुसार कुर्सी खाली गर्न आग्रह गरे। साथै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि नैतिकताका आधारमा राजिनामा दिन उनले आग्रह गरे।

राप्रपा रुपन्देही जिल्ला सचिव तान बहादुर जिसीले केपी ओलीको प्रतिगमन सकिएको भएपनि अझै चुनौती रहेको भन्दै सबै दलहरु एक ठाउमा उभिनु पर्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?