अवैधरुपमा अमेरिका हिँडेका ७ नेपाली कोलम्बियामा डुंगा पल्टिएर बेपत्ता प्रकरण

दुई वर्षअघि १५ लाख धरौटीमा छुटेका एजेन्ट ‘युक्रेन’मा

दुई वर्षअघि १५ लाख धरौटीमा छुटेका एजेन्ट ‘युक्रेन’मा
+
-

काठमाडौँ- २ वर्षअघि दाङका एक युवालाई १७ महिना जेलमा राखेर अमेरिकाले नेपाल फिर्ता पठायो। नेपालबाट हिँडेको करिब एक वर्षपछि मेक्सिकोको सिमानाबाट ती युवा पक्राउ परेका थिए। त्यतिबेलासम्म उनको ५५ लाख रुपैयाँ खर्च भइसकेको थियो।

अमेरिकाको जेलबाट छुटाउने बहानामा पनि गिरोहले ती युवाका परिवारसँग २० लाख रुपैयाँ मागेका थिए। नेपाल फर्किएपछि आफूलाई अमेरिकाको सपना देखाउने व्यक्तिविरुद्ध जाहेरी दिए। प्रहरीले दाङको तुलसीपुरका ३५ वर्षीय टोपबहादुर जिसीलाई पक्राउ गर्‍यो।

जिल्ला अदालतले जिसीलाई १५ लाख रुपैयाँ धरौटी मागेर छाड्ने आदेश दियो। जिसी सजिलै छुटे। उनी जिसीलाई पैसा बुझाएर अमेरिका जान हिँडेका ८ नेपाली चढेको डुंगा गत असार ७ गते कोलम्बियामा दुर्घटना भयो। एक जना मात्र नेपालीको उद्धार भयो। ७ जना बेपत्ता छन्। प्रहरीको मानव बेचबिखन अपराध अनुसन्धान ब्युरोका अनुसार बेपत्ताका नेपालस्थित परिवारले काजकिरियासमेत गरिसकेका छन्।

ब्युरोका अनुसार ती नेपालीहरु गत चैतमा भारतको बाटो हुँदै ‘अमेरिका पुग्ने’ यात्रा सुरु गराइएको थियो। बेपत्तामध्येका एक एन्जल बुढा मगरको जाहेरीका आधारमा ब्युरोले अनुसन्धान सुरु गरेको छ। बुधबार २६ वर्षीया गोमा जिसी दाङको तुल्सीपुरबाट पक्राउ परेकी छिन्। गोमा टोपबहादुरकी श्रीमती हुन्। उनी डुंगा दुर्घटनाको खबर बाहिरिएलगत्तै काठमाडौंबाट हवाई मार्ग हुँदै दाङ पुगेकी थिइन्। टोपबहादुर हाल युक्रेनमा छन्।

प्रारम्भिक अनुसन्धानमा डुंगा पल्टिएर बेपत्ता भएकामध्ये दाङको बबई गाउँपालिकाका रेशम डिंगा मगर, नेपालगन्ज घर भई दाङको तुल्सीपुरस्थित ससुरालीमा बस्दै आएका हेमराज अधिकारी र दाङको घोराही-१२ का एन्जलले गोमा र टोपबहादुरको बैंक खातामा पैसा हालेको देखिएको छ। हेमराजले २५ लाख र एन्जलले २८ लाख रुपैयाँ बुझाएको देखिएको छ भने रेशमका परिवार भारतमा बस्दै आएकाले प्रहरीले उनले‍ कति बुझाएका थिए भन्नेबारे खुलाउन सकेको छैन।

‘तर टोपबहादुरमार्फत नै उनी पनि गएको भन्ने यकिन भएको छ’, ब्युरोका एक अनुसन्धान अधिकृतले भने। गिरोहमा उनीहरु मात्र नभएको प्रहरीको भनाई छ। डुंगा दुर्घटनामा प्रकाश विकलाई भने जिवितै उद्धार गरिएको थियो। उनि अहिले कोलम्बियामै छन्। प्रहरीले इन्टर पोलमार्फत अभियुक्तहरुको खोजी गरिरहेको छ।

३ वर्षमा १५८ नेपाली अमेरिकाबाट फर्काइए  

अवैध बाटो भई अमेरिका पुगेका एक सय ५८ नेपालीलाई पछिल्लो तीन वर्षमा अमेरिकाले फर्काएको छ।

उनीहरुलाई केही समय कैद सजाय गरेर अमेरिकाले प्लेन चार्टर्ड गरि नेपाल पठाएको हो। यीमध्ये ४ जना महिला छन्।  चालु आर्थिक वर्षमा मात्र २ महिलासहित ३० जनालाई अमेरिकाबाट नेपाल डिपोर्ट गरिएको छ।

गत आर्थिक वर्षमा २ महिलासहित ८३ जना नेपालीलाई अमेरिकाले नेपाल फर्काएको थियो। यीमध्ये अधिकांश अमेरिका प्रवेश गर्ने नाकामा पक्राउ परेको ब्युरोको अनुसन्धानबाट देखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?