लुम्बिनीमा बजेट फेल हुने संकेतपछि सत्तारुढ दल एमालेले बहिष्कार गर्‍यो प्रदेशसभा

लुम्बिनीमा बजेट फेल हुने संकेतपछि सत्तारुढ दल एमालेले बहिष्कार गर्‍यो प्रदेशसभा
+
-

बुटवल– लुम्बिनी प्रदेश सभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेका छन्।

बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए।

त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए। एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले दलहरुबीच सहमति कायम गरी बजेट पारित गर्नका लागि छलफलका लागि समय माग्दै गर्दा मन्त्रीहरु र सत्ता पक्षका सांसदहरु भने बाहिरिन थालिसकेका थिए।

प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएकाले पारित नहुने बताएका थिए।

८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन्।

आजको बैठकमा सत्ता पक्षका सांसद अजय शाही बिरामी भएर अनुपस्थित भएकाले सरकारको पक्षमा बहुमत नपुग्ने देखेर सत्ता पक्ष वैठकबाट बाहिरिएको विपक्षी गठवन्धनले बताएको छ।

साउन १ गते अगावै बजेट पारित गरिसक्नुपर्ने संवैधानिक वाध्यता भएकाले सरकारलाई बजेट पारित गर्न संकट परेको छ। सत्ता पक्षका प्रमुख सचेतकको मागअनुसार सभामुखले आधा घण्टाका लागि प्रदेश सभा वैठक स्थगित गरेपनि सत्तारुढ दल बैठकको तयारी गरेनन्।

मुख्यमन्त्री पोखरेल प्रदेश सभाबाट बाहिरिइसकेपछि ५ बजे आधा घण्टाका लागि स्थगित भएको बैठक शुरु हुने संकेत देखिएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?