अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारीका लागि छिटो खोप व्यवस्था गर्न आग्रह

अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारीका लागि छिटो खोप व्यवस्था गर्न आग्रह
+
-

काठमाडौँ– नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ५ सदस्यीय नाडा प्रतिनिधिमण्डलले बिहीबार नवनियुक्त अर्थमन्त्री जनार्दन शर्मालाई शुभकामना दिँदै अटोमोबाइल व्यवसायका समसामयिक विषयमा छलफल गरेकोे छ।

उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दै आएको जानकारी दिँदै सवारी साधन आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याबारे धारणा व्यक्त गरे।

सो छलफलमा अध्यक्ष दुलालले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरका लागि छिटो कोभिडविरुद्धको खोप व्यवस्था गर्नसमेत आग्रह गरे।

नेपालमा लोकलमा उत्पादित अटोमोबाइल स्पेयर पार्टस तथा लुब्रिकेन्ट्सहरू बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुव्रिकेण्टसहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे।

यस्तै, सो छलफलमा अध्यक्ष दुलालले ०७८।७९ को मौद्रिक नीति अटोमोबाइल व्यवसायीमैत्री आउने आशा व्यक्त गरे। यस्तै, उपाध्यक्ष करण चौधरीले बढ्दो क्रममा रहेको सवारी साधन आयात नेपाल राष्ट्र बैंकले सवारी साधनको बिक्रीमा लगाएको ५० प्रतिशतको क्यापको कारण ०७३।७४ देखि नै सवारी साधनको आयात क्रमशः घट्न थालेको जानकारी दिए।

त्यसैगरी, नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको उनले बताए। सो भेटघाट तथा छलफलमा महासचिव सुनील रिजालले आयात गरिने बिल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?