अध्यादेशबाट बजेट ल्याउन सरकारकाे पत्र प्राप्त भएकाे छैन: प्रदेश प्रमुखको कार्यालय

अध्यादेशबाट बजेट ल्याउन सरकारकाे पत्र प्राप्त भएकाे छैन: प्रदेश प्रमुखको कार्यालय
+
-

बुटवल – लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरे पनि प्रदेश प्रमुखको कार्यालयले सरकारको पत्र प्राप्त नभएको जनाएको छ।

बिहान १०:५५ बजेसम्म सरकारले गरेको निर्णयको पत्र प्राप्त नभएको प्रदेश प्रमुखको कार्यालयका उपसिचव चिरञ्जीवी पौडेलले जानकारी दिए।

‘अहिलेसम्म पत्र प्राप्त भएको छैन’, उनले भने, ‘पत्र आउनेबित्तिकै हामीले वेभसाईटमा राख्छौँ।’

लुम्बिनी प्रदेश सरकारले शुक्रबार बिहान अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको थियो। बिहान बसेको मन्त्रीपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

यसबारे सरकारले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर जानकारी गराउने उनले बताए।

उनका अनुसार सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको त्यस्तै ल्याईनेछ।

आज बिहान मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बजेटसम्बन्धी अध्यादेश स्वीकृत गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेको चौधरीले बताए।

कार्यालय समय शुरु भएपछि त्यसलाई प्रदेश प्रमुखको कार्यालयले अघि बढाउनुपर्ने उनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?