बैठक रोक्न नेपाल पक्षकाे माग ओलीद्वारा ठाडै अस्वीकार, भने- पहिले हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस्

बैठक रोक्न नेपाल पक्षकाे माग ओलीद्वारा ठाडै अस्वीकार, भने- पहिले हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस्
+
-

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरुले स्थायी कमिटी बैठक रोक्न गरेको मागलाई अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

शुक्रबार बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा ओलीले जारी राखेको बैठकमा छिरेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्न माग गरेका थिए। तर ओलीले बैठक अगाडि बढ्छ भनेपछि उनीहरु बैठकस्थलबाट बाहिरिएका छन्।

बैठकबाट बाहिरिने क्रममा नेता भीम रावलले पार्टी एकताका लागि बैठक रोक्न माग गरिए पनि अध्यक्ष ओलीले नमानेको बताए।

उनले भने,‘आज हामीले स्थायीसँगै संसदीय दलको बैठक नगर्न आग्रह गरेका थियौँ। ओलीजीले बैठकको पुस्तिकामा हस्ताक्षर गर्नुहोस् अनि बोल्नुहोस् भन्नु भएको थियो। तै पनि हामीले ४ देखि ५ मिनेट आफ्ना माग सुनायौँ। हामीले १० बुँदे सहमति कार्यान्वयन गरौँ भन्यौँ। एकता टुटाउने काम नहोस् भन्यौँ तर उहाँले मान्नु भएन।’

रावलले आफूहरुले ओलीले बालकोट पुग्नासाथ दिएको अभिव्यक्तिले पार्टी एकतालाई अझै संकटमा धकलेको पनि बैठकमा सुनाएको बताए।

उनले भने,‘हामीले ओलीजीको अभिव्यक्तिले गाह्रो परिस्थति ल्याएको भन्यौँ। तर ओलीबाट ठोस कुरा केही पनि आएन। उल्टै बैठक अगाडि बढाउनुहोस् भन्नु भयो।’

बैठक राेक्न नेता रावलसँगै भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट बैठकस्थलमा पुगेका थिए। रघुजी पन्त बिरामी भएकाले उनीहरुसँग गएनन्।

नेपाल पक्षका नेताहरुले ओलीसमक्ष राखेका ५ बुँदे माग

१) कार्यदलको सहमति अनुसार बैठक डाक्नु पर्छ।
२) ओली र नेपालबीच वार्ता हुनुपर्छ
३) एमालेलाई खण्डित हुने गतिविधि बन्द गरौँ।
४) राष्ट्रियहितसँग एमाले एकता जोडौँ।
५) कारोना महामारीका बेला मुुलुकलाई थप संकटमा नधेकलौँ

तर ओलीले कुरा नसुनेपछि नेपाल पक्षका नेताहरुले बैठक बहिस्कार गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?