भीम रावलसहितका नेताहरु माधव निवासमा

भीम रावलसहितका नेताहरु माधव निवासमा
+
-

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न नमानेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलका सदस्यहरु बालकुमारीबाट सिधै नेपाल निवास कोटेश्वर छिरेका छन्।

अहिले नेता नेपाल र उनीहरुबीच छलफल जारी छ। नेता भीम आचार्य, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुषालले त्यसअघि बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा पुगेर बैठक रोक्न माग गरेका थिए।

उनीहरुले कार्यदलको सहमति अनुसार बैठक डाक्न ओलीलाई अनुरोध गरेका थिए। तर ओलीले कुनै उक्त माग अस्वीकार गरेर बैठक अगाडि बढाएका थिए।

त्यसपछि नेपाल पक्षका नेताहरु बैठक बहिस्कार गरेर सिधै नेपाल निवास पुगेका हुन्। ओलीले शुक्रबारै तीन बजे संसदीय दलको बैठक डाकेका छन्।

उक्त बैठकबाट नेपाल पक्षका नेताहरुको सांसद पद निलम्बन या रद्द गर्ने तयार रहेकाे बुझिएको छ।

संसद पुनःस्थापनासँगै सर्वोच्च अदालतले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि ओली सत्ताबाट बाहिरिएका थिए।

तर आफ्नो निवास बालकोट छिर्नासाथ उनले नेपाललाई ‘लाल गद्दार’को आरोप लगाएका थिए भने उनलाई आफ्नो पार्टी एमालेमा कुनै पनि ठाउँ नभएको बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?