देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय

देउवालाई विश्वासको मत नदिने ओली पक्षीय स्थायी कमिटी बैठकको निर्णय
+
-

काठमाडौँ – माधवकुमार नेपाल पक्ष अनुपस्थित नेकपा एमाले स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भएको बैठकमा ओलीले देउवा सरकारलाई विश्वासको मत दिन नहुने र सशक्त प्रतिपक्षको भूमिका खेल्नु पर्ने प्रस्ताव गरेका थिए।

बैठकले ओलीको प्रस्ताव स्वीकार गर्दै देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो।

बैठक पछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले देउवा सरकारलाई विश्वासको मत दिने विषयमा सोच्न नसकिने बताए। उनले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय आफूहरुले गरेको सुनाए।

उनले भने,‘हामी सशक्त प्रतिपक्षको भूमिका बस्छौँ। विश्वासको मत नदिने निर्णय गरेका छौँ।’

नेपाल पक्षका बारेमा उनले प्रतिक्रिया दिन चाहेनन्।

बैठकमा सहभागि अर्का एक नेताका अनुसार नेपाल पक्षले देउवा सरकारलाई विश्वासको मत दिए त्यो व्यक्तिगत हुने बताए।

उनले भने,‘आज सिंगो पार्टीले गरेको निर्णय हो। एमालेले विश्वासको मत दिन्न। कसैले दिन्छ भने त्यो व्यक्तिगत हुन्छ। पार्टीको सवाल भएन।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?