
काठमाडौँ – सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजना–सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट)ल्याएको छ।
न्यूनतम मौज्दात २५ हजार रहेको ‘सुपर प्रिमियम बचत खाता’ मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित ‘मेटलाइफ’सँगको सहकार्यमा ६ वटा घातक रोग (मेजर क्यान्सर, मेजर स्ट्रोक्स, पहिलो हृदयाघात, पल्मनरी हाइपरटेन्सन, हार्ट भल्भ सर्जरी तथा कोरोनरी आर्टेरी डिजिज)को दुई लाखसम्मको निःशुल्क औषधोपचार बिमा सुविधा प्रदान गर्नेछ।
साथै, निःशुल्क मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्नेछ।
त्यसैगरी, खुत्रुके खाता (रिकरिङ डिपोजिट)मा अन्य बैंकले प्रदान गरिरहेको रिकरिङ डिपोजिटमा जस्तै सर्त तथा बन्देज नराखी बचत गर्न चाहने ग्राहकले दुई वर्षदेखि १० वर्षसम्म चयन गरेर मासिक न्यूनतम ५ सयदेखि माथि सञ्चय गर्दै जान सक्नेछन्, कुनै महिनामा कुनै कारणवश जम्मा गर्न असमर्थ भए पनि कुनै किसिमको पेनाल्टी नतिरी आफूले निर्धारण गरेको समय सीमापश्चात् सावाँ तथा ब्याजको एकमुष्ट भुक्तानी पाउनेछन्।
अझ यस खातामा सुपरप्रिमियम बचत खातामाभन्दा १ प्रतिशत थप ब्याज प्रदान गरिनेछ। केही गरी अवधिको बीचमा आकस्मिक कारणले रकम आवश्यक भए सञ्चित रकमको ७० प्रतिशत ऋणमा बिनाझन्झट रकम निकाल्न सकिन्छ।
यसका अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७१ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आएको जनाएको छ।