देउवाले आजै विश्वासको मत लिने भएपछि नेपाल पक्ष दबाबमा, कोटेश्वरमा एकता कार्यदलका पूर्वसदस्यहरु भेला हुँदै

देउवाले आजै विश्वासको मत लिने भएपछि नेपाल पक्ष दबाबमा, कोटेश्वरमा एकता कार्यदलका पूर्वसदस्यहरु भेला हुँदै
+
-

काठमाडौँ- एमाले अध्यक्ष केपी शर्मा ओलीले ११ बजे स्थायी कमिटी बैठक डाकेका छन्।

तर उक्त बैठकम सहभागिता नजनाउने निर्णय गर्दै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यदलका पूर्वसदस्यहरु सोही समयमा नेपाल निवास कोटेश्वरमा शेरबहादुर देउवालाई विश्वासको मत दिने या नदिने भन्नेमा निर्णायक छलफल गर्दै छन्।

देउवाले आइतबार नै संसदमा विश्वासको मत लिने तयारी रहेकाे कांग्रेस सचेतक पुष्पा भुषालले बताएकी छन्। योसँगै देउवा सरकारलाई समथर्न गर्ने कि नगर्ने, विश्वासको मत दिने कि नदिने भन्ने विषयले नेपाल पक्षमाथि चर्को दबाब परेको छ।

नेपाल पक्षीय नेता भीम आचार्यले सरकारलाई समर्थन गर्ने या नगर्ने, विश्वासको मत दिने या नदिने भन्नेमा छलफल हुन बाँकी रहेको र त्यसबारे नेताहरु तयार हुँदै गरेको जानकारी दिए। उनले भने,‘ पहिले हामी (कार्यदलका पूर्वसदस्यहरु) माधवजीसँग बस्छौँ। त्यसपछि सांसदहरुसँग पनि छलफल होला।’

ओलीले बोलाएको स्थायी कमिटी बैठकमा आफूहरु सहभागी नहुने निर्णयमा पुगेको आचार्यले बताए।

उनले भने,‘ हामीले बारम्बार बैठक स्थगित गरेर एकताको माहोल मिलाउनु पर्छ भन्ने माग गरेका थियौँ। तर त्यो सुनुवाई भएको छै। आज कसले कहाँ के बैठक बोलायो त्यसबारे हामीलाई जानकारी छैन।’

यसअघि नेपाल निवासमा नेपाल, सुवास नेम्वाङ र प्रकाश ज्वालाबीच छलफल भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?