कार्यदलका पूर्वसदस्यहरु बाहेक नेपाल पक्षका सबै सांसदहरुले देउवालाई मत दिने निश्चित

कार्यदलका पूर्वसदस्यहरु बाहेक नेपाल पक्षका सबै सांसदहरुले देउवालाई मत दिने निश्चित
+
-

काठमाडौँ– नेकपा एमाले माधवकुमार नेपाल पक्षका एकता कार्यदलका पूर्वसदस्यहरु बाहेक अन्य सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निश्चित भएको छ।

स्रोतका अनुसार कार्यदलका चार जना पूर्वसदस्यहरु पनि देउवालाई विश्वासको मत दिने पक्षमा छन् तर उनीहरुले पार्टी एकताको झिनो आश र त्यसका लागि समन्वय गर्नुपर्ने ठानेर निर्णयमा बिलम्ब गरेका छन्।

केहीबेरअघि नेपाल पक्षका सांसदहरुको ललितपुरको एक होटल बसेको बैठकले संसद जोगाउन देउवालाई मत दिनु अनिवार्य भएको भन्दै त्यसमा सहमति जनाएका हुन्।

स्रोतले भन्यो, ‘हाम्रा समूहका कार्यदलका सदस्यहरु बाहेक सबै सांसदहरुले देउवालाई विश्वासको मत दिने निर्णय भएको छ। सांसदहरुलाई नरोक्ने भन्ने मान्यताका साथ हामीले यस्तो निर्णय गरेका हौँ। कार्यदलका सदस्यहरु पनि छलफलमा हुनुहुन्छ। सम्भवत उहाँहरुले पनि विश्वासको मत दिने निर्णय गर्नुहुन्छ।’

त्यसअघि कार्यदलका ओली पक्षसहित नेपाल पक्षका पूर्वसदस्यहरुले नेपाललाई पार्टी एकतालाई प्राथमिकतामा राखेर निर्णय लिन आग्रह गरेका थिए। तर नेता नेपालले आफूले मत दिने निर्णय गरिसकेको सुनाएका थिए।

त्यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले देउवालाई विश्वासको मत दिनेहरु नेकपा एमालेमा रहन नसक्ने घोषणा गरेका थिए।

उनले च्यासलस्थित तुलसी प्रतिष्ठानमा भएको ओली पक्षीय स्थायी कमिटी बैठकपछि उनले पार्टीको निर्देशन र हित बिपरीत देउवा सरकारलाई विश्वासको मत दिनेहरु पार्टीमा रहन नसक्ने घोषणा गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?