भीम रावलद्वारा सांसद पदबाट राजीनामा, भने– म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु

भीम रावलद्वारा सांसद पदबाट राजीनामा, भने– म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु
+
-

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। नेता रावलले आफूले राजीनामा दिएको देश सञ्चारलाई बताए।

उनले भने, ‘म अब राजनीतिको अनैतिक खेलबाट अलग हुन चाहन्छु। विस्तृत रुपमा वक्तव्यमै छ।’

आइतबार पुनःस्थापित प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि रावलले राजीनामा दिएका हुन्।

रावलले यसअघि विघटित संसद ब्यूँताउन नेपाल पक्षका सांसदहरुसँगै सर्वोच्चमा दिएको रिट निवेदनमा हस्ताक्षर गरेका थिए। त्यो भन्दा अघि उनले शेरबहादुर देउवाले प्रधामन्त्री दाबी गर्दा उनलाई साथ दिएका थिए।

आइतबार बिहान आफू निकट नेता माधवकुमार नेपालासँग पार्टी एकता जोगाउन शेरबहादुर देउवालाई विश्वासको मत दिन नहुने अडान राखेका थिए। उनले भनेका थिए,‘हाम्रो पार्टी संकटमा छ। हामीले पार्टी जोगाउन सबै कुरामा विचार गनु पर्छ।’

तर नेपाले आफूरुले संसद जोगाउन संघर्ष गरेका कारण देउवालाई विश्वासको मत दिनुपर्ने अडान लिएका थिए। त्यसपछि रावल निराश हुँदै फर्किएका थिए।

रावल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि ओली र नेपालले गठन गरेको कार्यदलमा नेपालका तर्फबाट संयोजक थिए।

कार्यदलले सर्वोच्च अदालतले संसदलाई पुनस्र्थापना गर्नुभन्दा एक दिन अघि १० बुँदे सहमति प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव नेपाल पक्षका सांसदहरु अनुपस्थित रहेको एमाले स्थायी कमिटी बैठकले अनुमोदन गर्दैै कार्यदल भंग भएको घोषणा गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?