
काठमाडौँ – हास्यकलाकाकार पल्पसा डंगोलको दुवै मिर्गाैला फेल भएको छ। ‘चम्सुरी’ नामले परिचित उनी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचाररत छिन्।
एक महिनाअगाडि स्वास्थ्यमा खराबी आएपछि पल्पसालाई टिचिङ अस्पताल भर्ना गरिएको हो। उनको पाँच वर्षअघि नै मिर्गौलामा समस्या देखिएको र अहिले फेल नै भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
पछिल्लो पटक गरिएको डायलासिसका क्रममा डाक्टरले चाँडोभन्दा चाँडो मिर्गाैला प्रत्यारोपण गर्न सुझाव दिएका छन्।