गाडी र मोटरसाइकल रिकन्डिसन सञ्चालकसँग साढे १९ करोडको चेक, मिटर ब्याजी हुन सक्ने आशंकामा सम्पत्ति शुद्धीकरणलाई बुझाउने तयारी

गाडी र मोटरसाइकल रिकन्डिसन सञ्चालकसँग साढे १९ करोडको चेक, मिटर ब्याजी हुन सक्ने आशंकामा सम्पत्ति शुद्धीकरणलाई बुझाउने तयारी
+
-

काठमाडौं- प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा मोटरसाइकल र कारको रिकन्डिसन सन्चालन गर्दै आएका एक व्यक्तिलाई करिब साढे १९ करोड रुपैयाँ बराबरको चेकसहित पक्राउ परेको छ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका स्थायी घर भई हाल ललितपुरको भैँसेपाटीमा बस्दै आएका  ३३ वर्षीय गणेश उप्रेतीलाई पक्राउ गरेको छ। उप्रेतीले चाबहिलमा गाडीको रिकन्डिसन र बानेश्वरमा मोटरसाइकलको रिकन्डिसन सन्चालन गर्दै आएका थिए।

सीआईबी प्रमुख धिरजप्रताप सिंहका अनुसार उप्रेतीको साथबाट चार करोड रुपैयाँको एउटै चेकसहित ५० वटाभन्दा बढी चेक बरामद भएका छन्। ‘उप्रेतीले मासिक ५ देखि १५ प्रतिशतसम्म ब्याज लिने गरेको पाइयो। समयमा पैसा नतिर्नेलाई उनले चेक काट्न लगाउने रहे छन्’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने।

उप्रेतील‍े अप्ठेरोमा परेका मानिसहरुको पहिचान गरि उनिहरुलाई महँगो ब्याजमा पैसा लगाउने गरेको सीआईबीको दावी छ।

डीआईजी सिंहले आर्थिक कारण संकटमा  परेकालाई उप्रेतीले महँगो ब्याजमा पैसा लगाउने र समयमा पैसा नदिए गुन्डा लगाएर चेक काट्न लगाउने गरेको बताए। उनले उप्रेतीका पिडितहरु सम्पर्कमा आउनेक्रम जारी रहेको बताए। प्रहरीले उप्रेतीले दुई जना व्यक्तिबाट मात्र करिब ८ करोड रुपैयाँको चेक लिएको जनाएको छ।

पैसा समयमा नदिने रिणीहरुसँग  चेक लिएर उनिहरुलाई कानुनी बन्धनमा राख्ने चलन बढ्दो छ। चेक तीनपटकसम्म बाउन्स  भएमा फौजदारी मुद्धा सन्चालन हुन्छ। तर प्रहरीले पछिल्लो समय अस्वभाविक रकमको चेक लिएर बाउन्स गर्नेमाथी समेत अनुसन्धान गर्ने गरेको छ। त्यस्तो रकम आम्दानीको स्रोत अवैध हुन सक्नेतर्फ प्रहरीले अनुसन्धान गर्ने गरेको छ।

मिटर ब्याजमा पैसा लिनेमाथी भने अनुसन्धान हुने गरेको पाइदैन। ‘मिटर ब्याजमा पैसा लिनेले पनि त्यस अनुसार आम्दानी हुने ठाउँमा लगानी गरिरहेको हुन्छ। तर मिटर ब्याजकै पैसा तिर्नेस्तरको वैध लगानीको क्षेत्र भने कमै हुन्छ’, आर्थिक अपराध सम्बन्धी लामो समयदेखि अनुसन्धान गरिरहेका एक नायब निरिक्षक-सई भन्छन्।

डीआईजी सिंहले उप्रेती केही वर्षअघिसम्म मोटरसाइकलमा चढ्ने गरेको भएपनि पछिल्ला केही वर्षमा उनले  अकुत सम्पत्ती आर्जन गरेको बताउँछन्। उप्रेतीले एमालेनिकट युवा संघका नेता पर्शुराम बस्नेतको नजिक भएर काम गरेको अनुसन्धान अधिकारी बताउँछन्। डीआईजी सिंह भने उप्रेतीले गुन्डा नाइके रमेश बाहुनको पैसा असुलीमा काम गरेको दावी गर्छन्।

सीआईबीले ठगी, आपराधिक लाभलगायत कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिनको समय लिएर अनुसन्धान अगाडि बढाएको छ। सीआईबीले आफ्नो अनुसन्धान पुरा भएपछि उप्रेतीलाई सम्पत्ती शुद्धिकरण विभागलाई बुझाउने तयारी गरेको छ। डीआईजी सिंहले उप्रेतीले अकुत सम्पत्ती आर्जन गरेको देखिएकाले अनुसन्धानका लागि पछि विभागलाई बुझाइने जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?