
काठमाडौँ– दराज र एनएमबी बैंकबीच सम्झौता भएको छ। दराजले आइतबारदेखि महाबचत अभियान हुने घोषणासँगै एनएमबी बैंकसँग सम्झौता गरेको हो।
यस अभियानको उद्देश्य ग्राहकका लागि बचतका साथै अनलाइन प्री–पेमेन्ट प्रवद्र्धन गर्नु रहेको कम्पनीले जनाएको छ। सो अभियानमा ४ हजारसम्म छुट, एनएमबी बैंकको डेबिट र क्रेडिट कार्डमार्फत अनलाइन प्री–पेमेन्टमा दुई हजार रुपैयाँसम्म छुट, बम्पर उपहारमा म्याक बुक प्रो १३ जित्ने मौका, निःशुल्क डेलिभरी, निःशुल्क भउचरका साथै थुप्रै पुरस्कार जित्ने मौका रहेको छ।
यस अभियानका लागि बैंकका कार्ड प्रयोगकर्ताले प्री–पेमेन्टमा आकर्षक छुटको मज्जा लिन सक्ने बैंकले जनाएको छ।
बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ सय रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोगकर्ताले दुई हजार रुपैयाँसम्म छुट पाउने बैंकले जनाएको छ।
बैंकले देशभरि १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ।