ओलीको प्रचण्डलाई आरोप: माधव नेपालको नक्कली ‘खातिरदारी’

ओलीको प्रचण्डलाई आरोप: माधव नेपालको नक्कली ‘खातिरदारी’
+
-

काठमाडौँ – नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अन्य राजनीतिक दलहरुले आफ्नो अस्तित्व जोगाउन आफ्नो सरकारले गरेका कामलाई ओझेलमा पार्ने कोशिश गरेको आरोप लगाएका छन्।

आइतबार च्यासलमा जारी आफू पक्षीय पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले त्यस्तो आरोप लगाएका हुन्। उनले प्रतिक्रियावादीले आफ्नो पार्टीलाई समेत विभाजन गर्ने खेलमा लगेको आरोप लगाए।

उनले भने, ‘प्रतिक्रियावादीहरुले आफ्नो पार्टीभित्रका केही व्यक्तिहरुको महत्वकांक्षालाई हावा भर्ने काम गरे।’ जब-जब कम्युनिष्ट पार्टी अघि बढ्छ तब-तब प्रतिक्रियावादीहरु एक जुट हुने गरेकोसमेत उनले आरोप लगाए।

२०५१ सालको ९ महिने सरकारविरुद्ध यसरी नै प्रतिक्रियावादीहरु लागेको ओलीले दाबी गरे। उनले भने,‘ त्यतिबेला राष्ट्रवादको नक्कली झण्डा बोकेर पार्टी विभाजनको अवस्थामा पुर्‍याइयाे।’

यस्तै उनले प्रचण्डलाई लक्षित गर्दै नेता नेपाललाई सम्मान भएन भनेर एक जना उत्रिएको देखेर आफू अचम्चिम भएको बताए। उनले प्रचण्डलगायतका नेताहरुले हिजो संसदमा नेपालको प्रशंसा गरेकोमा त्यसप्रति कटाक्ष गर्दै त्यसलाई नक्कली खातिरदारीको संज्ञा दिए।

उनले भने, ‘पहिले कल्पवृक्ष नभई विषवृक्ष भनेर आरोप लगाउने अहिले त्यही विषवृक्षको चिन्ता गर्ने? यो जनताको समस्यालाई पाखा लगाएर गरिएको नक्कली खातिरदारी हो। जनयुद्धका नाममा उनले युवाहरुलाई जसरी बेघरवार बनाए, जसरी अंगभंग बनाए त्यसमा चिन्ता छैन। फेरि विषवृक्षको सम्मान भएन भनेर रुवावासी गर्ने?’

रुकमाङ्गत कटुवाल प्रकरणपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि प्रचण्डले नेपाललाई ‘ कल्पवृक्ष ठानेको त विषवृक्ष पो रहेछ’ भन्दै टिप्पणी गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?