
काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको भैंसेपाटीमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले उक्त कार्यालयको उद्घाटन सोमबार संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन समारोहमा मह जोडीले ललितपुरको भैंसेपाटीमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकामा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको शुभकामना व्यक्त गरे।
यस्तै, सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दद्वारा बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ८६ वटा शाखा, १८ विस्तारित काउन्टर र ९५ वटा एटीएम सञ्चालनमा रहेका छन्।