
काठमाडौँ– भीजी इम्पेक्स प्रालिले जिडब्लुएमसँग सहकार्य गर्दै दुई वटा एसयुभी र एक पिक–अप मोडेल बजारमा ल्याएको छ।
यी तीनै वटा गाडी आफ्नो समूहमा नौलो र उत्कृष्ट रहने कम्पनीले दाबी गरेको छ।
विशाल ग्रुपको सहायक संस्था एम्पेक्स प्रालि नेपालमा गे्रटवाल मोटर्सका लागि आधिकारिक बिक्रेता हो।
‘थर्ड जेनेरेसन हाभल एच६’ को मूल्य ९६ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ, हाभल जोलिवनको मूल्य ५५ लाख ५९ हजार ९ सय ९९ रुपैयाँ र पोरको मूल्य ६४ लाख ९९ हजार ९ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार भविष्यमा उपभोक्तालाई उच्चस्तरको अनुभव दिन देशभरि नै सोरुमको बृहत् सञ्जाल फैलाउने योजना छ।
कोरोना महामारी सामान्य हुँदै गए ग्रेटवाल मोटर्सले आफ्ना ब्रान्ड र सामान उपभोक्तामाझ ल्याउनेछ। यस्तै, उच्चस्तरीय सर्भिस सेन्टर पनि निर्माण गरिने कम्पनीले जनाएको छ।
कम्पनीले ४ एस सर्भिसेस (सेल्स, सर्भिस, स्पेयर्स र सर्वे) मा विशेष ध्यान दिँदै अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको सर्भिस सेन्टर पनि स्थापना गर्ने भएको छ।