देउवालाई विश्वासकाे मत दिने एमाले सांसदहरु भन्छन्– अहिलेसम्म स्पष्टीकरण पत्र पाएका छैनौँ

देउवालाई विश्वासकाे मत दिने एमाले सांसदहरु भन्छन्– अहिलेसम्म स्पष्टीकरण पत्र पाएका छैनौँ
+
-

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको निर्देशन विपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने आफ्ना २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको १८ घण्टा बितिसकेको छ।

तर देउवालाई मत दिएका सांसदहरुले अहिलेसम्म ओली पक्षबाट स्पष्टीकरण पत्र पाइनसकेको बताएका छन्। देउवालाई विश्वासको मत दिने माधवकुमार नेपाल पक्षका नेता विरोध खतिवडाले अहिलेसम्म स्पष्टीकरण पत्र प्राप्त नभएको बताए।

उनले भने,‘ हामीलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको मिडियाबाट थाहा पाएका हौँ। त्यो कुन आधारमा गरिएको निर्णय हो? कस्तो छ? पत्र प्राप्त भएको छैन।’

नेता खतिवडाले पत्र पाएको अवस्थामा मात्रै त्यसबारे ठोस प्रतिक्रिया दिन सकिने बताए।

उनले भने,‘ शेरबहादुर देउवालाई मत दिँदा दलको ह्वीप उल्लंघन नहुने सर्वोच्चले भनिसकेको छ। पार्टीको बैठकमा नआएको भनेर स्पष्टीकरण सोध्न लागिएको हाे भने त्यसबारे थप छलफल होला।’

देउवालाई मत दिने सांसद मेटमणि चौधरीले पनि आफूले अहिलेसम्म स्पष्टीकरण पत्र नपाएको बताए।

सोमबार ओली पक्षीय केन्द्रीय कमिटी बैठकले पार्टीको निर्देशनविपरीत देउवालाई मत दिएको आरोपसहित २२ जना सांसदहरुलाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

ओली पक्षको केन्द्रीय कमिटी बैठक सोमबार ३ बजे बस्दै छ। ३ असारमा नेपाल पक्षका १४ र ओली पक्षका ८ गरी २२ जनाले देउवालाई विश्वासको मत दिएका थिए।

नेता नेपालकै समर्थक भनेर चिनिएका केही नेताहरुले पार्टी जोगाउन तठस्थ बस्ने निर्णय गरेका थिए। नेता भीम रावलले भने सांसद पदबाट राजीनामा दिएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?