
काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले आफूले उत्तेजनामा आएर सांसद पदबाट राजीनामा नदिएको बताएका छन्।
उनले शुक्रबार बिहान सभामुख अग्नि सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएसँगै ट्विटमा उल्लेख गरेका छन्, ‘स्वस्थ, मर्यादित र विधिसम्मत राजनीति ,राष्ट्रहित र पार्टी एकताको लागि आवेग, उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।’
सार्वभौम जनता, मतदाता, राजनीतिक नेता, कार्यकर्ता, जनप्रतिनिधि, बुध्दिजीवी, आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको उनले बताएका छन्।
स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।
— Dr. Bhim Rawal (@BhimRawal179) July 23, 2021
साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा आफ्नै समूहभित्र विवाद हुँदा रावलले आवेशमा आएर राजीनामा बुझाएका थिए।
तर, पार्टीभित्रबाट चर्काे दबाब परेपछि उनले राजीनामा फिर्ता लिएका हुन्। एमाले अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालले समेत रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए।