
काठमाडौँ- नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले एकअर्कालाई धोकोधडी गर्ने प्रवृतिको विकास हुँदा कम्युनिष्ट आन्दोलन सकंटमा परेको बताएका छन्।
खुट्टा लरवराउने नेताहरुले कम्युनिष्ट आन्दोलन बचाउन नसकिने उनले बताइका छन्।
४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो बिषयक प्रवचन कार्यक्रममा जोशीले माधकुमार नेपालप्रति सम्मान गरेका थिए।
तरबारको धारमा हिँडेर भएर पनि संविधान बचाएको उनले बताए। उनले भने,‘ नैतिकताको संकटमा कम्युनिष्ट आन्दोलन गुज्रिएको छ। ओली प्रवृतिको विरोध गर्न आवश्यक छ। भ्रष्टाचारबाट मुलुकले मुक्ति खोजिरहेको छ। गफ छोड्ने जमातले एमालेलाई पनि संकटमा पारेको छ।’