
काठमाडौँ– एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई ‘ईएनएमबी’ मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारको दिन फलफूल तथा तरकारी खरिद गर्दा २५ प्रतिशत वा तीन सयसम्म छुट पाउने गरी सम्झौता गरेको छ।
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आएको छ। एनएमबि बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ।