जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु

जसपा सांसद ढेगा पार्टी सम्पर्कमा, भन्छिन्–म तनावमा छु
+
-

बुटवल – आइतबारदेखि सम्पर्कबिहीन जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षकी लुम्बिनी प्रदेश सांसद पुर्मती ढेगा पार्टीको सम्पर्कमा आएकी छिन् ।

जसपाले सांसद ढेगा आइतबार बिहान ११ बजेदेखि बेपत्ता भएको भन्दै इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको थियो । जसपाले सत्तारूढ दल नेकपा एमालेले आफ्नो पक्षमा बहुमत कायम गर्न सांसदको अपहरण गरेको आरोप लगाएको छ ।

जसपाका प्रदेश अध्यक्ष अशोक यादवले आइतबार बिहानदेखि सांसद ढेगा सम्पर्कबिहीन भएको बताएका थिए । सोमबार पार्टीको सम्पर्कमा आएको जसपा लुम्बिनी प्रदेशका नेता यज्ञ पोखरेलले जानकारी दिए।

ढेगाले आफू तनावमा रहेको र समस्यामा परेको बताएको पोखरेलले जानकारी दिए ।

पाल्पाकी ढेगा जसपाकी समानुपातिक सांसद हुन् । ६ जना सांसद प्रदेशसभा रहेको जसपाका यस अगाडि महन्थ ठाकुर पक्षका चारजना मन्त्री बनेका थिए ।

त्यसमध्येकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएर यादव पक्षमा लागेकी छन् । उनले राजीनामा दिएपछि पोखरेल सरकार अल्पमतमा छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?