
काठमाडौँ – नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली र नेपाललाई एकता भाड्ने गरी वाक युद्धमा नलाग्न सुझाव दिएको छ।
बुद्धनगरमा एक पार्टी प्यालेसमा भएको बैठकमा पार्टी एकताको विकल्प नभएको निष्कर्ष निकाल्दै एकअर्कालाई आरोप लगाउने बहानामा मानमर्दन हुनेगरी सार्वजनिक अभिव्यक्ति दिन नहुनेमा जोड दिएको छ।
र, त्यसैअनुसार नेपाल र ओलीलाई आग्रह गर्ने निष्कर्ष निकालिएको बैठकपछि नेता रघुजी पन्तले जानकारी दिए। ‘दुवै पक्षका शीर्ष नेताहरुले पार्टी एकताका प्रयासहरुलाई विथोलिने गरी अभिव्यक्ति दिनु भएन् ।
यसलाई दुवै पक्षबाट रोक्न आग्रह छ। हामी एकता चाहन्छौँ। यसको विकल्प छैन।’ बैठकमा सामेल भीम आर्चायले एकताबाट आफूहरु पछि नहटेको बताए।
उनले भने, ‘हामी चाँडो भन्दा चाँडो केपी र माधवजीबीच वार्ता गराउने पहलमा छौँ। यसमा केन्द्रित हुनुपर्ने हाम्रो माग छ। पार्टी एकता भाड्ने अभिव्यक्ति जो कसैले दिन हुन्न भन्नेमा हामी एक मत छौँ।’