नारदमुनी रानासँग अन्तर्वार्ता

‘माधव नेपालले मालिकले नोकरलाई हप्काएजस्तो सामन्ती प्रवृत्ति देखाउनुभयो’

+
-

काठमाडौँ– नेकपा एमालेमा खासगरी केपी शर्मा ओली र माधवकुमार नेपालबीचको वैमस्यताले आकार लिँदै गर्दा अन्य नेता र कार्यकर्ताहरुबीच ‘मुठभेड’को स्थिति उत्पन्न भएको छ, सडकदेखि संसदीय समितिसम्म।

आइतबार संसदको अन्तर्राष्ट्रिय समन्वय समितिमा ओली पक्षीय सांसद नारादमुनी राना र नेपालबीच भनाभनको स्थिति आएपछि त्यसको पक्ष र विपक्षमा नेताहरु उत्रिएका छन्।

नेपाल पक्षका नेताहरुले नेपाललाई रानालाई उचित जबाफ दिएको भनेर धन्यवाद दिइरहँदा नारदमुनीले पनि आफ्नो खेमाबाट धन्यवाद पाइरहेका छन् नेपालसँग ओलीको पक्ष लिँदै भिडेकोमा।

संसद ब्यूँताउने र शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अनुमति दिने सर्वोच्च अदालतको निर्णयलाई रानाले चुनौति दिँदा नेपालले उनलाई त्यस्तो बोल्ने कुनै अधिकारी नभएको, प्रतिगमनको मतियार बनेको भन्दै समितिको हलबाट बाहिर जान आदेश दिएका थिए।

तर रानाले सार्वभौम संसदमा आफूले आफ्ना कुराहरु राख्न पाउने हक भएपनि त्यो हक नेपालले छिन्न खोजेको आरोप लगाएका छन्। नेपाल र उनी पक्षधर सांसदहरुले आफूहरुमाथि प्रतिगमको मतियारको आरोप लागेपछि, बोल्न नपाउने र संसद र संसदीय समितिमै सामेल हुन नपाउने अभिव्यक्तिहरु दिएपछि आफू मौन बस्न नसकेको बताएका छन्।

देशसञ्चारसँगको अन्तर्वार्तामा उनले भनेका छन्,‘ संसदीय समिति माधव नेपालको दाईले ल्याएको हो र? उहाँले भनेको मैले मान्छु? उहाँ समितिको सभापति हो र? समितिमा नेपाल र मेरो हैसियत समान छ।’

रानाले थपे,‘ माधव नेपालले मालिकले नोक्करलाई हप्काए जस्तो सामन्ती प्रवृति देखाउनु भयो। उहाँले केपी ओलीलाई घमण्डी, अंहकारी, सामन्ती भन्नुहुन्थ्यो। तर घमण्डी, अंहकारी र सामान्ती को रहेछ अब स्पष्ट भएको छ। घाम जस्तै छर्लङ्ग भयो।’

रानाले अब पार्टी एकता पनि कठिन मोडमा पुगेको बताएका छन्। समितिमा भएको घटनाको वास्तविकता, पार्टी विवाद र एकताबारे देशसञ्चारले उनीसँग लिइएको भिडियो अन्तर्वार्ता।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?