
काठमाडौँ – नेपाली सेनाका हालै अवकाशप्राप्त उपरथी पूर्ण सिलवालले (नेपाल्स इन्स्ट्याविलिटी कनन्ड्रम (नेपालको अस्थिरताको रहस्य) नामक पुस्तक बजारमा ल्याएका छन्।
राष्ट्रिय हितका विषयमा लामो समयदेखि विभिन्न लेखहरु लेख्दै आएका सिलवालले नेपालको राष्ट्रिय सुरक्षा नीति तयार पार्न भूमिका खेलेका थिए।
उनको पुस्तकमा नेपाल राष्ट्र स्थापनाको दर्शन र भिजन, मुलुकको मुलभुत मान्यता (कोर भ्यालु), राष्ट्रिय हित, यी दुवैमाथि उत्पन्न आन्तरिक र बाह्य खतरा, राष्ट्रिय सुरक्षा र स्थिरताका अवधारणाको विकास लगायत विषयमा स्पष्टरुपमा चर्चा गरिएको छ।
यस्तै नेपाल स्वतन्त्र हुनुको ताकत र स्थिर नेपाल निर्माणमा खेल्न सक्ने भूमिकाबारे सिलवालले कितावमा समेट्ने प्रयास गरेका छन्।

पुर्ण सिलवाल
पुस्तकमा मुलकमा विकसित राजनीतिक अस्थिरताका कारण, संवैधानिक राजतन्त्रको ढल्नु र गणतान्त्रिक व्यवस्था पनि अस्थिर बन्नुका कारण पनि विश्लेषण गरिएको छ।
यस्तै पुस्तकमा नागरिक र सैनिकबीको सम्बन्ध कस्तो हुनुपर्छ भन्नेबारे पनि चर्चा गरिएको छ। डा. सिलवालले सैन्य विकास, राष्ट्रिय सुरक्षा, परराष्ट्र रणनीतिलगायत थुर्पै विषयमा अनुभव बटुलेका छन्।
उनको पुस्तक इन्स्टिच्युट फर नेशनल सेक्युरिटी स्टडिजले प्रकाशन गरेको हो।