एमाले नेता महेश बस्नेतसँग भिडियो अन्तर्वार्ता

‘धर्म निरपेक्षता र संघीयताको एजेन्डामा केपी ओलीको पनि साथ हुनेछ’

+
-

काठमाडौँ- नेकपा एमालेका प्रभावशाली नेता महेश बस्नेतले संघीयता र धर्मनिरपेक्षताका विविध पक्ष र मुलुकको आवश्यकताबारे व्यापक बहसको आवश्यकता रहेको बताएका छन्।

देशसञ्चारसँगको अन्तर्वार्तामा सांसद बस्नेत संघीयताको वर्तमान ढाँचा उपयुक्त नरहेको र केन्द्रीय तथा स्थानीय तहलाई सशक्त बनाएमा मात्र जनताले संघीयताको प्रभावकारी अनुभूति गर्न पाउने बताए। संघीयता हट्नुपर्छ भन्ने स्पष्ट अभिव्यक्ति नदिए पनि उनले यसको ढाँचा परिवर्तन नगरी संघीयताले जनतालाई प्रभावकारी सेवा दिन र सशक्त बनाउन नसक्ने धारणा राखेका हुन्।

धर्म निरपेक्षताबारे पनि बहसको आवश्यकता औँल्याउँदै बस्नेतले बहुसंख्यक हिन्दु धर्मावलम्बी अपमानित र उपेक्षित भएको महसुस गराउन नहुने बताए। यी अभिव्यक्तिहरुमा पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मान्यता के छ त भन्ने प्रश्नमा उनले सिधै उत्तर नदिए पनि उनको सोच फरक नहुने आफ्नो बुझाइ रहेको उनले बताए।

साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेजी र  धर्मनिरपेक्षताबारे जनमतसंग्रहको माग गरेकामा त्यसलाई नेता बस्नेतले सकारात्मक रुपमा लिएका छन्। नेकपा एकताबारे सोधिएको प्रश्नमा नेता बस्नेतले पार्टीको लाइन विपरीत शेरबहादुर देउवालाई प्रधानमन्त्री पदका लागि मत दिने माधव नेपालसहित कोहीका लागि पनि पार्टीमा ठाउँ नरहने बताए।

मंगलबार नै एमालेका अर्का नेता गोकुल बास्कोटाले संविधान बनाउँदा संघीयता खुसुक्क बुझाइएको र त्योसँगै धर्म संस्कृतिजस्ता विषयमा व्यापक बहस हुनुपर्ने पनि माग राखेका छन्।

 नेता बस्नेतसँगको भिडियो अन्तर्वार्ता:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?