प्रधानमन्त्री देउवालाई चित्रबहादुरकाे चेतावनी: यस्तै हाे भने जनमाेर्चा गठबन्धनमा रहँदैन

प्रधानमन्त्री देउवालाई चित्रबहादुरकाे चेतावनी: यस्तै हाे भने जनमाेर्चा गठबन्धनमा रहँदैन
+
-

काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मनपरी गर्न थालेको भन्दै राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनबाट अलग हुने चेतावनी दिएको छ।

बुधबार बिहान बसेको बैठकमा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले मनपरी नरोकिए गठबन्धनमा नरहने चेतावनी प्रधानमन्त्री देउवालाई दिएका हुन्।

खासगरी स्वास्थ्य राज्यमन्त्रीमा विवादास्पद व्यक्तिलाई नियुक्त गरेकोमा केसीको असन्तुष्टि थियो।

‘उमेश श्रेष्ठ जस्तो विवादास्पद व्यक्तिलाई तपाईँले किन राज्यमन्त्री नियुक्त गर्नुभयो? यसबारे गठबन्धनमा किन छलफल भएन? यस्तै हो भने जनमोर्चा गठबन्धनमा रहँदैन’, बैठकमा केसीले भनेका थिए।

उनले श्रेष्ठलाई राज्यमन्त्री बनाउने निर्णयले सरकारको छवि बिग्रेको बताएका थिए।

यस्तै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि गठबन्धनकाे सहमतिभन्दा बाहिर गएर काम नगर्न प्रधानमन्त्री देउवालाई सचेत गराएका छन्।

उनले राजनीतिक नियुक्तिहरु पनि छलफल गरेर मात्रै गर्न प्रधानमन्त्रीकाे ध्यानाकर्षण गराए।

‘अहिले जे जस्ता नियुक्तिहरु भएका छन् तिनले बजारमा राम्राे सन्देश गएकाे छैन’, श्रेष्ठले बैठकमा भनेका थिए, ‘छलफल गरेर निर्णय लिनुस्।’

जवाफमा प्रधानमन्त्री देउवाले काम गर्न सक्ने देखेर नै उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकाे बताएका थिए।

उनले महामारीका बेला स्वास्थ्य मन्त्रालय खाली राख्न उचित नहुने भएकाले हतार हतार निर्णय लिएकाे बताउँदै आगामी दिनमा छलफल भन्दा बाहिर नजाने प्रतिवद्धता जनाए।

बैठकमा जनमाेर्चा अध्यक्ष केसीले काेराेना महामारी राेकथाममा लाग्नुपर्ने बेला एमसीसी कसरी पास गर्ने भन्नेतिर सरकारकाे ध्यान बढी गएकाे पाइएकाे भन्दै असन्तुष्ट पाेखेका थिए।

उनले अहिले सरकारकाे प्राथमिकता खाेपमा रहनुपर्ने बताएका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?