मन्त्रीहरु छान्न देउवासहित चार जना शीर्ष नेता बस्ने

मन्त्रीहरु छान्न देउवासहित चार जना शीर्ष नेता बस्ने
+
-

काठमाडौँ – सरकारमा जाने नेताहरुको नाम टुंग्याउनका लागि गठबन्धनका चार नेताहरुको गोप्य छलफल हुने तय भएको छ ।

बिहीबारसम्ममा मन्त्री परिषद् बिस्तार गर्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका नेता माधव कुमार नेपालबिच छलफल हुने भएको हो ।

बुधबार (आज) बेलुका ७ बजे हुने छलफलको स्थान गोप्य राखिएको छ । सो बैठकका लागि एमाले नेता नेपाललाई पनि बोलाइएको र उनी आउने संकेत रहेको स्रोतले जानकारी दिएको छ ।

बैठकमा अरु नेताहरु पनि सहभागी हुँदा मन्त्रीको नामलाई लिएर अलमल हुने भएकाले शीर्ष नेताहरु मात्रै वार्तामा जुट्न लागेका हुन् ।

अहिले एमाले नेता नेपाल देउवालाई विश्वासको मत दिने आफू पक्षीय सांसदहरुसँगको छलफलमा छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा मन्त्रीको नाम टुंग्याउने विषयमा सांसदहरुसँग छलफल गरिरहेका छन् ।

बुधबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई तत्काल पूर्णता दिने र मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?