लुम्बिनीका तीन सांसद निष्कासनको पत्र प्रदेश सभामा

लुम्बिनीका तीन सांसद निष्कासनको पत्र प्रदेश सभामा
+
-

बुटवल– जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेश सभाका ३ जना सांसदलाई निष्काशन गरेको पत्र प्रदेश सभामा दर्ता भएको छ।

जसपाले सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै निष्काशन गरेको पत्र प्रदेश सभा सचिवालयमा दर्ता गरेको जसपा संसदीय दलका नेता सहसराम यादवले जानकारी दिए।

पार्टीले लगाएको ह्वीप उल्लंघन गरेपछि उनीहरुलाई गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको पत्रमा उल्लेख छ।

प्रदेश सभामा पत्र दर्ता भएपनि सर्वोच्चमा मुद्दा विचाराधीन रहेकाले सांसद पद रहने नरहनेबारे भने प्रदेश सभाले निर्णय गरिसकेको छैन।

प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएको र त्यसबारे निर्णय हुन बाँकी रहेको प्रदेश सभा सचिवालयकी सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन्।

पार्टी निर्णय विपरीत जसपाका चार सांसद प्रदेश सरकारमा सहभागी भएका थिए। तर तीमध्ये सुमन शर्मा रायमाझीले सरकारबाट राजीनामा दिएकी थिइन्।

उनले पार्टी निर्देशन अनुसार नै चल्ने प्रतिबद्धता जनाएका कारण कारबाही नगरिएको यादवले बताएका छन्। तीनै जनाले सर्वोच्च अदालतमा सांसद पद थमौतीका लागि दिएको मुद्दा विचाराधीन छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?