लुम्बिनीकी माओवादी सांसद विमला खत्री वली सम्पर्क बाहिर

लुम्बिनीकी माओवादी सांसद विमला खत्री वली सम्पर्क बाहिर
+
-

बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली सम्पर्कबिहीन भएकी छन् । माओवादी केन्द्रले उनी शुक्रबारदेखि पार्टीको सम्पर्कमा नरहेको जनाएको छ।

वली पार्टीको सम्पर्कमा नरहेको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए।

मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वलीलाई एमालेले प्रलोभनमा पारेको हुनसक्ने माओवादीको आशंका छ।

यसअघि यस्तैगरि पार्टीको सम्पर्कबाहिर रहेकी जसपा सांसद पुर्मती ढेंगालाई एमालेले मन्त्री पदसहित मोटो रकम दिने लोभ देखाएको जसपाले आरोप लगाएको थियो।

आर्थिक प्रलोभनमा परेको खबर सार्वजनिक भएपछि ढेंगा जसपामै फर्किएकी छन् ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल सरकार अल्पमतमा छ। जसपामा ३ सांसदको पद गुमेपछि पोखरेलसँग ३८ मत मात्रै छ भने विपक्षी गठबन्धनसँग ४१ मत छ। अल्पमतमा परेपछि पोखरेलले सांसदहरूलाई पद र आर्थिक लोभ देखाएर आफ्नो सत्ता टिकाउने प्रयास गर्दै आएको आरोप छ ।

उनले माओवादी, कांग्रेस र जसपाका सासंदहरूलाई भेटेर मन्त्री पद दिने र आर्थिक रूपमा पनि सहयोग गर्ने खालका लोभ देखाएको विपक्षी दलका नेताहरू बताउँछन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?