तुइन प्रकरणमा नेपाल नागरिक अभियानको गम्भीर ध्यानाकर्षण

तुइन प्रकरणमा नेपाल नागरिक अभियानको गम्भीर ध्यानाकर्षण
+
-

काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको नेपाल नागरिक अभियानले विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण जनाएको छ।

‘साउन १५ गते दार्चुला जिल्लाको व्यास गाउँपालिका मालघाटस्थित महाकाली नदी पार गर्न सीमावर्ती तुइन तर्दै गर्दा एसएसवीका सुरक्षाकर्मीले आरा प्रयोग गरी जानाजान तुइनको तार काटिदिएपछि स्थानीय जय सिंह धामी महाकाली नदीमा बेपत्ता भएको भन्ने एसएसवीको जवानको तस्बिरसहित सञ्चारमाध्यममा आएको दुःखद समाचारप्रति नेपाल नागरिक अभियानको गम्भीर ध्यानाकर्षण भएको छ’, नेपाल नागरिक अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रत्यक्षदर्शीको भनाइसहित सञ्चारमाध्यममा आएका अवस्थामा समेत सरकारले छानबिन समिति गठन गरी लिपापोतीतर्फ अग्रसर भएको नेपाल नागरिक अभियानले जनाएको छ।

‘दुई वर्षमा सम्पूर्ण तुइन विस्थापित गरी पक्की पुल तथा झोलुंगे पुल निर्माण गरिसक्ने हवाई गफ दिँदै विकासका आकाशे किल्ला निर्माण गरी चार वर्ष शासन गरेको ओली नेतृत्वको सरकारको विश्वासघाती चरित्रको कारण तराई र पहाडी सीमावर्ती क्षेत्रमा वर्षौंदेखि नेपाली जनता यस्तै प्रकारका अमानवीय क्रूर मृत्युवरण गरिरहन वाद्य भइरहेका छन्’, विज्ञप्तिमा उल्लेख छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?