
काठमाडौँ– सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्स प्रालिले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ। निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर सुजुकीको बहुप्रतीक्षित स्कुटर रहेको कम्पनीको दाबी छ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग गरिएको छ। नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात् बीएस ६ प्रविधि जडान गरिएको छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ।
दुई भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७ पीएस पावर र ५५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ। एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको छ। एसमा सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको छ र किक स्टार्ट दुबै व्यवस्था रहेको सो स्कुटरमा २२ लिटर बराबरको स्टोरेज राखिएको छ।
साथै मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ। दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ।
१६० एमएमको ग्राउण्ड ‘क्लियरनेस’ भएको हुँदा, यो सेग्मेन्टमै उत्कृष्ट प्रोडक्ट गनिन्छ। पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन ‘डाइग्नोसिस, ब्याट्री डाइग्लोसिस’ सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन्।
सेतो, नीलो, खैरो र कालो गरी चार रङमा उपलब्ध सुजुकी एक्सेस स्कुटरमा बढी रुचाइएको रङ भने नीलो मानिएको कम्पनीले जनाएको छ।
यो भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटरमध्ये पर्छ।
सुजुकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गबीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ।
एक्सेस स्कुटरमा ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभरसमेत जडान गरिएको छ।