डा. बस्नेत बने वीरका प्रमुख

डा. जागेश्वरको एकाएक टोन डाउन, किन पछि हटे राजीनामा दिने धम्कीबाट?

डा. जागेश्वरको एकाएक टोन डाउन, किन पछि हटे राजीनामा दिने धम्कीबाट?
+
-

काठमाडौँ – कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकारीबाट सरुवा भएको जानकारी पाउनासाथ राजीनामा दिने धम्की दिएका डा. जागेश्वर गौतम एकाएक मत्थर भएका छन् ।

डा. गौतमले आफ्नो सरुवा थापाथलीस्थित प्रसूती गृहमा भएको जानकारी पाएपछि स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई मंगलबार आफू अपमानित भएको भन्दै प्रसूतीमा एकदुई दिन हाजिर गर्ने र राजीनामा दिने धम्की दिएका थिए ।

उनले डा. पोखरेललाई भनेका थिए, ‘प्रसूतिमै ८-९ बर्ष निर्देशक, स्वास्थ्य मन्त्रालयको प्रवक्ता र कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रशासकीय अधिकारी भइसकेको मलाई फेरि प्रसुति पठाउने? मलाई यसरी पेल्न मिल्दैन । मलाई खबर नगरी किन गरियो यस्तो निर्णय? मलाई भनेको भए मै दिन्थेँ विकल्पहरु । मलाई मिल्ने १० -१५ वटा पदहरु छँदै थिए ।’

त्यसैले उनी बुधबार बिहान कोभिड युनिफाइड अस्पतालको आफ्नै कार्यकक्षमा पुगेका थिए । ‘मलाई पेल्न खोजियो’ भन्दै त्यहाँ पनि उनले आफू नजिकका व्यक्तिसँग गुनासो गरेका थिए ।

यता स्वास्थ्य मन्त्रालयले डा. गौतमको स्थानमा डा. रुद्र मरासिनीलाई पठाएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले डा. मरासिनी आफ्नो गुटका नभएकाले केहीबेर त्यो निर्णय कार्यान्वयन नगर्न  बुधबार स्वास्थ्य सचिवलाई निर्देशन दिएका थिए ।

त्यसको केहीबेरमा स्वास्थ्यमन्त्री समेत रहेका देउवाले डा. मरासिनीको सट्टा वीरका प्राध्यापक डा. भुपेन्द्र बस्नेतलाई निमित्त प्रमुख प्रशासकीय अधिकारी तोक्न लगाएका थिए । त्यो बीचमा गौतमलाई सरुवा गर्ने निर्णय उल्टिएको भन्ने हल्ला समेत चलेको थियो ।

तर डा. बस्नेतको हातमा जिम्मेवारीको पत्र परेपछि डा.गौतम एकाएक मत्थर भएका छन् । अब तपाईँ के गर्नु हुन्छ? भन्ने प्रश्नमा उनले भने,‘ अब डा. भुपेन्द्र बस्नेतलाई कुर्सिमा राखेर फोटो खिचेर हिँड्ने हो म । यो नयाँ कुरा होइन । यसलाई समान्य रुपमा लिनुपर्छ । हामी नेपाल सरकारको जागिर खाएर हिँडेका मान्छे हौँ ।’

तर तपाईँले प्रसूतिमा जान परे राजीनामा दिनुहुन्छ भन्नु भएको थियो नि? भन्ने प्रश्नमा उनले भने ,‘जहाँ पठाएको छ त्यहाँ त जानु पर्यो । म हाजिर हुनुपर्यो। हाजिर भएपछि राजीनामाबारे सोचौँला नि । अहिले के हतार छ र ? भविष्यबारे सोच्ने मान्छे म होइन। जे परिआउँछ त्यो टक्क गर्ने हो।’

वीर अस्पताल सञ्चालन गर्ने न्याम्सको ऐनले डा. जागेश्वरलाई चिन्दैन: कानुनविद्

तपाईँको अभिव्यक्ति बदलियो नि? भन्ने प्रश्नमा उनले भने,‘ राजीनामा दिन परे दिउँला ।’

उनले थपे, ‘ म जनताको डाक्टर हो । म राम्रो स्किल वाला मान्छे हो । अस्पताल, अप्रेशन थियटर र बिरामी मात्रै चाहिन्छ मलाई ।’

स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा रहेका उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोनाको दोस्रो लहर सकिने बेला युनिफाइड कोभिड अस्पतालमा प्रशासकीय अधिकारीको पद सिर्जना गरेर लगेका थिए।

त्यो बेला वीर अस्पतालकी निर्देशक डा. शान्ता सापकोटाको कार्यकक्षको ताला फोडी उनको कुर्सिमा बसेर उनलाई ‘मैले भनेको मान्नु पर्छ’ भनेर धम्काएको आरोप डा. गौतममाथि लागेको छ।

डा. गौतमको अस्वाभाविक व्यवहारले अवकास हुनु पहिला सापकोटा लामो समय बिदामा बसेकी थिइन् । वीर अस्पतालका पदाधिकारीहरुले आफूहरुको स्वयत्ततामाथि हस्तक्षेप गरेको आरोप डा.गौतममाथि लगाएका थिए । गौतमले गरेका निर्णयहरु पनि विवादमा मुछिएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?