गिरीबन्धु टी इस्टेट

अदालतमा मुद्दा विचाराधीन, जग्गा बेच्न ओली सरकारको अनुमतिः के भन्छ व्यवस्थापन ?

अदालतमा मुद्दा विचाराधीन, जग्गा बेच्न ओली सरकारको अनुमतिः के भन्छ व्यवस्थापन ?
+
-

झापा ( झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र रहेको गिरीबन्धु टी स्टेटको करिब ३ सय बिघा जमिनमा हदबन्दी भन्दा बढी भएको जग्गा बिक्रीका लागि यस अघिको सरकारले अनुमति दिएपछि नयाँ तरंग सिर्जना गरिदिएको छ।

गिरीबन्धु टी स्टेटका मालिक छत्र गिरीले शहरी क्षेत्रमा चिया बगान सञ्चालन गर्ने नसकिएको भन्दै निकासका लागि सरकारसंग आग्रह गरिएकोमा सरकारको यो निर्णय आएको बताइरहँदा जग्गा चलखेल गर्ने मानिसहरूको ठूलो योजनाका कारण यो निर्णय भएको बहस पनि अहिले व्याप्त छ।

सोही जग्गाको विषयमा जानकारी पाएसम्म दुई पटकसम्म सर्वोच्च अदालतमा मुद्दा परिसकेको छ। २०६४ सालमा बिर्तामोडबासी लोकबन्धु कन्दङ्वाले सोही जग्गाको बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएको देशसञ्चारलाई कागजात प्राप्त भएको छ। तर सोही मुद्दाको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उक्त चिया बगानमातहतको जग्गाको स्वामित्व कम्पनी स्वयं भएकाले कम्पनीकै पक्षमा फैसला गरेको थियो।

सर्वोच्च अदालतले सोही मुद्दामा २०६५ साल कात्तिक ७ गते कम्पनीको पक्षमा फैसला गरेको थियो।

सोही जग्गा प्रकरणमा २०७५ सालमा अर्को मुद्दा परेको छ। सो मुद्दाको अन्तिम फैसला भएको छैन। त्यो मुद्दा किनारा नलागी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सोही जग्गा बिक्रीका लागि बाटो खोलिदिएको धेरै आरोप छ।

सर्वोच्च अदालतमा मुद्दा हाल्ने गिरीकै भाञ्जा भक्तराज भारतीले अदालतको आदेशविपरित ‘हिटलर’ शैलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिक्रीको निर्णय गरेको देशसञ्चारलाई बताए।

उनले भने, ‘अघिल्लो सरकारले अदालतको आदेशलाई कुल्चेर गरेको निर्णय हो।’

छत्र गिरी।

गिरीबन्धु टी स्टेटका मालिक छत्र गिरीले उक्त चिया बगान स्थानान्तरण गरिएका कारण मुद्दा मामिलाबाट आफ्ना काममा बाधा पुगे त्यहाँ कार्यरत मजदुर तथा सम्पूर्ण व्यवस्थापनको जिम्मा अवरोधकर्ताले लिनुपर्ने चेतावनी दिएका छन्।

उनले देशसञ्चारसँग कुरा गर्दै भने, ‘शहरमा कसरी चिया बगान फस्टाउँछरु मान्छे मारेर यही चिया बगानमा फालेका कैयौं घटना भएका छन्। बिषादी तथा मल हाल्न पाइँदैन। मान्छेले मेरो घर घेर्न आउँछन्। अहिले कसरी चिया बगान राख्नुरु’

उनले २०६४ सालको मुद्दामा सर्वोच्च अदालतले गरिदिएको फैसला नै आफ्नो हतियार भएको बताए। उनले भने, ‘अदालतले कानुन बनाएर कम्पनीको जग्गा कम्पनीलाई काम अगाडि बढाउन दिनु भनेर लेखेरै दिएको छ। अनि यस्को नजिर स्थापित हुनु पर्दैनरु’

उक्त चिया बगान २०२१ सालमा स्थापित भएको हो। खासगरि झापाको चियाको बजारलाई स्थापित गर्न गिरीबन्धुको योगदान रहेको चिया व्यवसायी बताउँछन्। तर गिरीबन्धुको नाममा रहेको करिब ३ सय बिघा जग्गामा हदबन्दी लाग्दा अधिकांश जग्गा सरकारको हुने कानुनी प्रावधान छ।

हदबन्दीभन्दा धेरै राखिएको अर्बौँको जग्गा बिक्री गरेर दुर्गममा जग्गा खरिद गर्न दिने निर्णय यस अघिको सरकारको नीतिगत भ्रष्टाचार भएको कतिपयले अर्थ्याएका छन्।

गत असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कम्पनी स्थानान्तरणका नाममा हदबन्दीभन्दा धेरै जग्गा बिक्री गर्न दिने निर्णय गरेको थियो ।

अदालतमा परेका मुद्दाको फेहरिस्त हेर्दा गिरीबन्धुले जग्गा बिक्रीका लागि दुई दशक भन्दा लामो समयदेखि प्रयास गरेको देखिन्छ। तर अहिलेसम्म पनि उस्ले त्यस मामिलाबाट मुक्ति पाउन सकेको छैन।

छत्र गिरी भन्छन्, ‘हेर्नुस्, मैले निकास पाउनुपर्छ। सरकारले निकास दिएको बेला कसैले भाँजो हाल्छ भने त्यसपछिको परिणामको जिम्मेवार त्यही व्यक्ति हुनेछ।’ अहिले उक्त बगानमा करिब डेढ सय मजदुर कार्यरत छन्।

मजदुर के भन्छन् रु

गिरीबन्धु टी स्टेटको स्वामित्वमा रहेको जमिन बिक्रीका लागि यस अघिको सरकारले दिएको अनुमतिमा मजदुर संगठनका नेतृत्वले खासै आपत्ति जनाएका छैनन्। तर उनीहरूले मजदुर कामबिहीन हुनु नहुने बताउँदै आएका छन्।

नेपाली कांग्रेस समर्थित नेपाल चिया बगान श्रमिक संघका अध्यक्ष दिपक तामाङले चिया बगानको जमिन बिक्रीका लागि खुल्ला गरिनु राम्रो नभए पनि मजदुरको रोजगारीको सुरक्षा आफूहरूको मूल मुद्दा भएको बताए।

उनले भने, ‘हाम्रा मजदुर कामबिहीन हुनु भएन। यदी काम गर्दिन भन्छ कसैले पनि उस्को उचित व्यवस्थापन गरिदिनु पर्छ।’

नेकपा माओवादी केन्द्र समर्थित मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका नेता भूपाल सापकोटाका अनुसार त्यहाँका मजदुरले बसोबासको ग्यारेन्टी खोजेका छन्। चिया बगान जोगाउन अहिलेसम्म अहोरात्र खटिएका मजदुरलाई व्यवस्थापन गर्ने काम कम्पनीको भएको उनले बताए।

उनले भने, ‘उनीहरूको रोजगारी र बास नहराओस्।’

मजदुर व्यवस्थापनको योजना के छ रु

गिरीबन्धु चिया बगानमा काम गर्ने अहिले करिब डेढ सय मजदुर रहेको चिया बगानको व्यवस्थापनले जनाएको छ। बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्रमा रहेको चिया बगानलाई हटाए पनि उक्त चिया बगान अन्यत्र स्थानान्तरण गरिने व्यवस्थापनले जानकारी दिएको छ।

अहिले काम गरिरहेका मजदुर पनि बगान स्थानान्तरण भएको जग्गामा लगिने छत्र गिरीले बताए।

उनले भने, ‘म कहाँ काम गर्ने मजदुर कतै जानै पर्दैन। उनीहरु अन्यत्र सार्न लागिएको कम्पनीको बगानमै कार्यरत रहन्छन्।’

तर गिरीले बगान कुन स्थानमा स्थानान्तरण हुन्छ भन्ने कुरा खुलाएनन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?