
काठमाडौँ – राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलबासेले वैदेशिक रोजगारीका लागि कोरिया जान रोकिएका नेपालीलाई सहज वातावरण बनाउन सरकारसँग आग्रह गरेकी छन्।
उनले राष्ट्रिय सभा बैठकमा शुक्रबार वैदेशिक रोजगारीका लागि कोरिया जान लागेका कामदार दुई देशबीच भएका समस्याका कारण कोरिया जान नपाएको भन्दै सहज वातावरण बनाउन सरकारसँग माग गरेकी हुन्।
उनले भनिन्, ‘कोरिया जान तयार भएर बसेको ठूलो जनसमुदाय अहिले पनि यत्तिकै बस्नुपरेको छ। सबै प्रक्रिया पूरा गरे पनि दुई देशबीच उत्पन्न समस्याका कारण रोकिनुपरेको हो।’
उनले वैदेशिक रोजगारीमा जान लागेकाहरू क्युआर कोडका लागि, भ्याक्सिन र प्रमाणित कार्डका लागि लाइन बसिराख्नु नपर्ने व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेकी छन्।