
काठमाडौँ– नेपालका लागि हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले पछिल्लो उत्पादन अल न्यू हुन्डाई आई २० नेपाली बजारमा भित्र्याएको छ।
हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरुदेखि नै परिचित मोडल हो। कम्पनीले नयाँ जेनेरेसन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलग्गै छाप छोड्ने दाबी गरेको छ।
नयाँ जेनेरेसन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ। उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ। उक्त इन्जिनमा म्यानुयल गियरबक्स दिइएको छ।
विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेसन आई २० टाइफुन सिल्वर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध हुनेछ।