टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक

टोकियो ओलम्पिक जहाँ यी देशले जिते पहिलोपटक ओलम्पिक पदक
+
-

टोकियो ओलम्पिक सुरु हुनुअघि यहाँ सहभागी हुन लागेका देशमध्ये ७१ वटाले यसअघि कहिल्यै ओलम्पिक पदक जित्न सकेका थिएनन् भने स्वर्ण पदक नजितेका देशको संख्या एक सय ९ रहेको थियो।

टोकियो ओलम्पिकमा ९३ देशले पदक जितेका छन्। एउटै ‌ओलम्पिकमा यति धेरै देशले यसअघि कहिल्यै पदक जितेका थिएनन्। ६५ देशले त स्वर्ण पदक नै जितेका छन्। यो पनि एउटै ओलम्पिकमा धेरै देशले स्वर्ण पदक जितेको कीर्तिमान हो।

भारत्तोलन, ट्रायथलन, सुटिङमार्फत केही देशले पहिलोपटक ओलम्पिक पदक जितेका छन्। तीमध्ये एक हो तुर्कमेनिस्तान। तुर्कमेनिस्तानकी २१ वर्षीया भारत्तोलक पोलिना गुर्येभा ५९ केजी तौल समूहमा रजत पदक जितिन्। सन् १९९६ देखिका हरेक गृष्मकालिन ओलम्पिक खेलिरहेको तुर्कमेनिस्तानले यसअघि पदक तालिकामा आफ्नो उपस्थिती देखाउन सकेको थिएन।

सान मारिनोले गृष्मकालीन ओलम्पिक खेलकुदमा ६१ वर्षको सहभागितापछि पहिलोपटक पदक जित्न सफल भयो, त्यसमा पनि एकैपटक तीनवटा। ट्रयाप सुटर अलेजान्द्रो पेरिलले पहिलो पदक दिलाएका थिइन। उनले महिला ट्रयाप सुटरको फाइनलमा तेस्रो स्थान हात पारिन्। त्यसको दुई दिनपछि पेरिलसहितको टोलीले मिक्स ट्रयाप टिममा रजत पदक हात पार्‍यो। तीन दिनपछि माइलेस अमिनले कुस्तीमा कास्य पदक जिते। सान मारिनाले जनसंख्याका हिसाबले विश्वकै पाचौँ सानो देश मानिन्छ।

बुर्किना फासोका लागि पदक जितेका ट्रिपल जम्प खेलाडी जाङ्गो।

बुर्किना फासोले पनि पहिलोपटक पदक जित्यो। उसका ट्रिपल जम्पर ह्युगेस फेब्रिस जाङ्गोले कास्य पदक जिते। अफ्रिकी देश बुर्किना फासोले सन् १९८८ देखिका हरेक ओलम्पिक खेलकुदमा सहभागिता जनाइरहेको छ। जाङ्गोले लन्डन ओलम्पिक र रियो ओलम्पिकमा रजत पदक जितेका अमेरिकी विल क्लाएलाई पछाडि पारेका थिए।

टोकियो ओलम्पिकमार्फत फिलिपिन्स, कतार र बर्मुडाले पहिलोपटक ओलम्पिक स्वर्ण पदक जिते। फिलिपिन्सले यसअघि १२ ओलम्पिक पदक जितेपनि स्वर्ण हात पार्न सकेको थिएन। तर यसपटक भारत्तोलन खेलाडी हिदिलिन डियाजले महिलाको ५५ केजी तौल समूहमा स्वर्ण पदक जितिन्।

फिलिपिन्सकी स्वर्ण पदक विजेता भारत्तोलन खेलाडी डियाज

दक्षिण पूर्वी एसियाबाटै यो पहिलो स्वर्ण पदक रहेको छ। उनले क्लिन एन्ड जर्क र समग्रमा ओलम्पिक कीर्तिमानसहित पहिलो स्थान हात पारेकी हुन्। बर्मुडाले पनि टोकियो ओलम्पिक अघि एउटा ओलम्पिक पदक जितेको थियो। तर यसपटक उसले स्वर्ण पदक नै हात पार्‍यो।

क्यारेबियन मुलुक बर्मुडाका लागि हेभिवैट बक्सर क्लारेन्स हिलले सन् १९७६ को मन्ट्रेयल ओलम्पिकमा कास्य पदक जितेका थिए। यसपटक ट्राय एथलेट फ्लोरा डफ्फीले महिला ट्रायथलनमा स्वर्ण पदक जितिन्। यसपटक बर्मुडाका दुई जना खेलाडीले मात्र टोकियो ओलम्पिक खेलेका थिए। कतारले यसपटक एउटा मात्र होइन, दुईवटा स्वर्ण पदक जित्यो।

हाई जम्पमा स्वर्ण पदक जितेका कतारका बार्सिम र इटालीका ताम्बेरी।

भारत्तोलन खेलाडी फारेस इब्राहिम एल्बाखले ९६ केजी तौल समूहमा पहिलो भएर कतारका लागि ऐतिहासिक स्वर्ण पदक दिलाएका थिए। उनले उठाएको तौल ओलम्पिक कीर्तिमान पनि रहेको थियो। त्यसको एक दिनपछि पुरुष हाई जम्पमा कतारका मुताज एस्सा बार्सिम र इटालीका जियानमार्को ताम्बेरीले समान नतिजा निकालेपछि टाइ ब्रेकर गर्नु पर्ने अवस्था देखिएको थियो। तर दुवै खेलाडी स्वर्ण पदक बाँढ्न तयार भए। बार्सिमले लन्डन र रियो ओलम्पिकमा कास्य पदक जितेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?